<

 

नयाँदिल्ली, ६ भदौं ।

भारतले हाल जी २० देशको अध्यक्षता गरिरहेको छ।

 

यसै क्रममा सेप्टेम्बरमा भारतको आयोजनामा जी २० शिखर सम्मेलन आयोजना हुनेछ । यसमा धेरै देशका नेताहरुको सहभागिता रहनेछ ।

 

यसैबीच,जी २० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन सहभागी हुने जानकारी आएको छ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मंगलबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले राष्ट्रपति बाइडेन सेप्टेम्बर ७ देखि १० सम्म भारत भ्रमण गर्ने जानकारी दिए ।

 

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले पनि जो बाइडेनको भारत भ्रमणको सन्दर्भमा एक विज्ञप्ति जारी गरेका छन । विज्ञप्तिमा भनिएको छ कि जी २० शिखर सम्मेलनमा उनले अन्य नेताहरूसँग युक्रेन द्वन्द्व लगायतका धेरै विश्वव्यापी चुनौतीहरूबारे छलफल गर्नेछन्। यसका साथै बाइडेनले जी २० मा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको पनि प्रशंसा गर्नेछन्।

 

विज्ञप्ति अनुसार राष्ट्रपति बिडेन र जी २० साझेदारहरूले स्वच्छ ऊर्जा संक्रमण र जलवायु परिवर्तन विरुद्ध लड्न र युक्रेन द्वन्द्वको आर्थिक र सामाजिक प्रभावहरूलाई कम गर्ने जस्ता विश्वव्यापी मुद्दाहरूलाई सम्बोधन गर्न धेरै संयुक्त प्रयासहरू छलफल गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0