<

 

काठमाडौं, ५ भदाै ।

कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने ३७ वर्षीय प्रकाश बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

 

वैदेशिक रोजगारका लागि कुक आइसल्याण्ड जानको लागि ८ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि सेक्युरेटी गार्ड र स्टोरकिपरमा मासिक १ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी दुईजना पीडितहरुबाट पटकपटक गरी ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ मिनभवनबाट पक्राउ गरेको हो ।

 

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0