<

 

काठमाडौ, ५ भदौ ।

अघिल्लो दिन १९ सयकै लाइनमा झरेको नेप्से मंगलबार पुनः २ हजारकै लाइनमा फर्किएको छ । यस दिन नेप्से सूचक १७.६९ विन्दुले बढेर २०१५.९८ अंकमा आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस दिन २७७ कम्पनीको ६० लाख ३१ हजार कित्ता सेयर कारोबार भएको छ । २८ करोड ५९ लाख रुपैयाँसहित कारोबार रकममा कुमारी बैंकको संस्थापक सेयर परेको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः युनाइटेड अजोड इन्सुरेन्स र शिवम् सिमेन्ट्स परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0