<

 

लमजुङ ५ भदौ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिकाका १ सय ३८ जनाले रोजगारी पाएका छन् ।

 

गत आर्थिक बर्ष २०७९/८० मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बेरोजगार सूचिमा दर्ता भएका मध्ये पालिका भित्रका १ सय ३८ जनाले रोजगारी पाएका हुन् ।

 

गत आर्थिक बर्ष २०७९/०८० मा गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत ३२ वटा पुर्वाधार विकास, सिढी निर्माण लगायतका योजनाहरु रहेको गाउँपालिकाका रोजगार संयोजक नन्दराज गुरुङले बताए ।

 

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गत आर्थिक बर्ष २०७९/८० मा ८२ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन भएको पालिकाले जनाएको छ । पालिमा सुचिकृत बेरोजगारका संख्या १ हजार ५ सय १३ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0