<

 

काठमाडौ, ५ भदौ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा शिव श्री हाइड्रोपावरले ३० करोड ८८ लाख रुपैयाँ नोक्सान व्यहोर्नु परेको छ । यो कर तिर्नुभन्दा अघिको नोक्सान हो । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले ३६ करोड ३६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । अघिल्लो वर्षको तुलनामा नोक्सानी घटेको हो । विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै नोक्सानीमा केही कमी आएको हो ।

अघिल्लो वर्ष २४ करोड ४६ लाख रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेकोमा गत वर्ष बढेर ३५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९२ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ४० रुपैयाँ ४१ पैसा छ । चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ छ । यसको जगेडा कोष ८७ करोड ९७ लाख रुपैयाँ ऋणात्मक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0