Devon Conway of Chennai Super Kings and Ruturaj Gaikwad of Chennai Super Kings during match 29 of the Tata Indian Premier League between the Chennai Super Kings and the Sunrisers Hyderabad held at the MA Chidambaram Stadium, Chennai on the 21st April 2023 Photo by: Saikat Das / SPORTZPICS for IPL
<

शनिबार, वैशाख ९

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपरकिंग्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ । १ सय ३३ रनको लक्ष्य चेन्नईले १८ दशमलव ४ ओभरमा तीन विकेटको क्षतिमै हासिल गर्‍यो ।

६ म्याच खेलिसकेको चेन्नईको चार जितसँगै आठ अंक भएको छ । अंक तालिकामा चेन्नई तेस्रो स्थानमा छ ।

चेन्नईका लागि ओपनिङ गर्दै आएका ऋतुराज गायकवाड र डेभन कनवेले शानदार सुरुवात गरे । दुवै ओपनर ब्याटरले ११ ओभरमा ८७ रन जोडेर टिमलाई लक्ष्यतर्फ अग्रसर गराए ।

चेन्नई सुपरकिंग्सविरुद्ध सनराइजर्स हैदराबादको टिमले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ३४ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0