<

आरके श्रीवास्तव,रौतहट,भदौ ०३ गते ।
रौतहटको मध्य भाग गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेड लाइ पुनः सञ्चालन गराउन संघर्ष समिति गठन गरिएको छ । शनिवारको बृहत् किसान आमसभापछि आज गरुडा नगर उधोग वाणिज्य संघको सभाकक्षमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठक बाट उँखु उत्पादन संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवको अध्यक्षतामा १०१ सदसीय संघर्ष समिति गठन गरिएको छ । गठित समितिको सदस्यहरुमा संतोष कुमार साह,ब्रिजकिशोर यादव,मो.कलिमुलाह,रामभरोस यादव,दिपक यादव,राजकुमार दास लगायतका व्यत्तीहरु रहेका छन् ।
बैठक बाट मिल सञ्चालनका लागि उधोग मन्त्रालय,अर्थ मन्त्रालय र प्रधामन्त्रीको कार्यालयमा डेलिगेशन लिएर जाने र पछि संघर्षको थप कार्यक्रम घोषणा गर्ने निर्णय भएको उँखु उत्पादन संघ रौतहटका अध्यक्ष यादवले बताए ।
शनिवार गरुडा चिनी मिल बचाउनका लागि उँखु उत्पादक संघ रौतहटले बृहत् किसान आम भेला गरेको थियो ।
उखु उत्पादक संघ रौतहटले आयोजना गरेको बृहद आम सभामा सहभागी भएका सतारुढ दल तथा प्रतिपक्षी दलका नेताहरुले बन्द रहेको चिनी उद्योग संचालनका लागि एकबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका थियो । गरुडा बाट चिनी मिल हटाउन खोजे प्रतिकार गर्ने चेतावनी समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0