<

रमेश कुमार यादब,बैशाख ०७
रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा नगर प्रमुख बिनोद राउत कुर्मिले भ्रष्टाचार गरेको बिरोधमा बसेको रिले अनसनको ३० औँ दिन भएको छ ।नगर प्रमुख कुर्मिको बिरोधमा उत्रिएका पाँच दलिय राजनितिक दलका नेताहरु बुधबार पुगेको ३० औँ दिनलाई कालो दिनको रुपमा मनाएका थिए ।वृन्दावन नगरपालिकामा मेयर कुर्मीले प्रतिबद्धता जनाए अनुसारको काम कारवाही नगरेपछि पाँच राजनीतिक दलहरुले नगरपालिकाको कार्यालय विश्रामपुरमा गत चैत ६ गते देखि रिले अनसन सुरु गरेका थिए ।नगरप्रमुख कुर्मीले छलफलको लागी गौरमा प्रहरी उपरिक्षक ९एसपि० ,बिभिन्न राजनेतिकदलका नेता ,प्रमुख जिल्ला अधिकारी समक्ष प्रतिबद्धता जनाए अनुसार नगरपालिकाको काम कारवाही एवं विकास निर्माणको कार्य पूर्ण पार्दर्शी गर्ने र हिसावकिताव सार्वजनिक गर्ने भनिएको महिनौ दिन वितिसक्दा पनि प्रतिबद्धता अनुसार काम नगरेपछि पाँच दलिय राजनीतिक पार्टीहरु नेपाली काँग्रस, नेकपा एमाले, नेकपा माओवादी, आम जनता पार्टी र जनता समाजवादी पार्टीले गत चैतको पहिलो दिन देखि नगर कार्यपालिकाको कार्यालय विश्रामपुरमा रिले अनसन सुरु गरेका थिए । पाँच दलियद्धारा १४ बुन्देँ मागहरु राखि गत चैत महिनाको मंगलबारदेखि रिलेअनसन सुरु गरेको थिाये । बुधबार ३० औँ दिनको रिले अनसनलाई सम्बोधन गर्दै बृन्दावन नगरपालिकाको वार्ड नं।४ को वडाअध्यक्ष श्यामनन्दन यादबले भने यो नगर प्रमुख कुर्मि निर्वाचित भएदेखि नै चरम भ्रष्टाचारमा लिप्त रहेको आरोप समेत लगाउनु भयो ।वडाअध्यक्ष यादबले भने आज हामिले रिले अनसन बसेको ३० दिन हुँदा पनि यो नगर प्रमुख कुर्मिले आज सम्म रिलेअनसन कर्ताहरुसंग आएर भेट गर्नु त परकै कुरो हो वहाँले यस रिले अनसनको सम्बन्धमा कुनै प्रतिक्रिया समेत दिएको छैन ।नगर प्रमुख कुर्मिको यो गैर जिम्मेवारी पनाको हामि पाँच राजनितिक दलहरुले घोरभत्सना गर्दछौ ।वडाअध्यक्ष यादबले भने नगरपालिका प्रमुख कुर्मिले अनियमितता गरेको र विभिन्न शीर्षकमा भएका खर्च, कामको सूचना माग्दा नदिएको भन्दै हामिहरु अनशनमा बसेको वडाअध्यक्ष यादबले बताए ।सूचनाको हक प्रयोग गरेर पनि कतिपय सूचना दिन नमानेको र नगरपालिकामा कुन काम भएको छ र के–के काम भइरहेको छ भन्ने नगरबासीले थाहा पाउनुपर्नेमा सूचना लुकाएर अनियमितता गरेको हुनाले हामिहरुले बाध्य भई अनशन बस्नु परेको यादवको दाबी थियो ।‘मैले सूचना मागेर कुनै गलत गरेको छैन ।नगरपालिकाभित्र धेरै अनियमितता भएको छ,’ उनले भने,‘राम्रो काम गरेका छ भने सूचना माग्दा किन नगर प्रशासन दिन मान्दैन ।नगरप्रमुख किन भागेर हिँड्छन् । जबसम्म सूचनाको मागको सम्बोधन हुँदैन तबसम्म अनशन जारी रहन्छ ।’वहाँले भने यो अनसन आज ३० दिन भयो हाम्रो १४ बुन्देँ माग सम्बोधन नभएसम्म ६ महिना बस्नु पर्यो भने हामि आतिदैनौ,यो रिले अनसन जारी नै रहने साथै आवश्यकता अनुसार थप आन्दोलन गर्दै जाने र उक्त आन्दोलनबाट हुने सम्पुर्ण क्षति नगर प्रमुखले लिने वडाअध्यक्ष यादबले भने ।बृन्दावन नगरपालिकाको नगर प्रमुख कुर्मि र प्रमुख प्रशासकिय अधिकृत खिमबहादुर भुजेल मिली नगरपालिकालाई खोख्ला बनाएका आरोप समेत लगाएका थिए ।वडाअध्यक्ष यादबले भने कि नगर प्रमुख कुर्मिले हामि जस्तो राजनेतिककर्ताको कुनै वास्ता गरिरहेको छै्रन भने सर्वसाधारणको के हाल हुने त्यस कारण आमसर्वसाधारणहरुलाई बुझने कुरा भएको बताउनु भयो ।
त्यसतै बृन्दावन नगरपालिकाको वार्ड नं।२ को वडाअध्यक्ष सिकेन्द्र राउत कुर्मिले नगर प्रमुख कुर्मिको गैरजिम्मेवारी पनाको पनि हद पार गरिसकेको भन्दै ३० औं दिनको रिले अनसनलाई कालो दिनको रुपमा मनाईएको बताउनु भयो । १४ बुन्दें माग लगायतको पालिकामा काम गर्ने कर्मचारीहरुको बिवरण सहितको जानकारी दिन अनुरोध गर्दै हामि रिले अनसनमा बसेका वडाअध्यक्ष कुर्मिले बताउनु भयो ।साथै यस पालिकामा काम गर्ने कर्मचारी हर्षाहामा नगई बृन्दावनमा आएर काम गर्दा त्यस कर्मचारीलाई स्पष्टिकरण माग्ने तलब रोक्का गर्ने जस्ता निन्दनिय कार्यलाई घोरभत्सना गर्दछु ।साथै नयाँ हाकिम आउने भनि सुन्दैँ छु उक्त हाकिमसंग हाम्रो अनुरोध छ कि बिश्रामपुर स्थित रहेको बृन्दावन नगरपालिकामा आएर हाजिर हुन र मागलाई सम्बोधन गर्ने आशा राखेको वडाअध्यक्ष कुर्मिले भने ।
त्यसतै चरम भ्रष्टारमा लिप्त रहेको नगर प्रमुख कुर्मि बिरुद्ध हामिले चारै तिर उजुरी दिईसकेको बृन्दावन नगरपालिकाको वार्ड नं।३ को वडाअध्यक्ष हरिनरायण साहले बताउनु भयो ।वहाँले भने नगर प्रमुख कुर्मिले दादागिरी पराले नियम कानुनको धज्जिया उडाउदैँ नगरपालिकामा नाङ्गो उदण्डता देखाएको प्रष्ट देखिन्छ ।हाम्रो रिले अनसनको ३० दिन हुँदा जिल्लाको प्रमुख सिडियो झा एकदिन आए त्यसपिछ एक पल्ट पनि हामिलाई केहि सम्झेन त्यस कारण हामिलाई लाग्छ कि यस कार्यमा सिडियो र एसपिको समेत संलग्नता रहेको देखिन्छ ।वडाअध्यक्ष साहले भने कि हामि अहिले सम्म कानुन हिसाबले चल्दै आईरहेको छु ।हामिले अहिले यस भ्रष्टाचारको बिरोधमा राष्ट्रिय सुचना आयोग र उच्च अदालतमा पनि निदेबन दियौ तर त्यहाँबाट चिठि आउँदा नगर प्रमुख कुर्मिले उक्त चिठि नबुझि कानुनलाई पनि बेवास्ता गरेको देखिन्छ । त्यस कारण अव हामिले रिले अनसनको रुप बदल्ने र त्यसबाट हुने क्षतिपुर्ति स्वयम नगरपालिकाले लिने चेतावनी समेत दिनु भयो ।साथसाथै हामिले मागेको मागहरु आव २०७९÷०८० मा भएको नगर सभा देखी हालसम्म भएको नगर सभा देखी हाल २०७९ चैत ०५ गते सम्मको निर्णय प्रतिलिपिहरु शिक्षा क्षेत्रमा खर्च गरिएको विवरण तथा उपलब्धीहरु ,स्वास्थय क्षेत्रमा खर्च गरिएको विवरण तथा उपलब्धीहरु ,करारका कर्मचारीहरु नियुक्तिपत्र र हाजरी रजिष्टरको प्रतिलिपि साथै तलब कर्मचारी पेश्किको विवरण तथा डोर हाजरीमा राखिएको कर्मचारीको विवरण ,अमानतमा बागमति खोलामा उठाईएको कर दाखिल विवरण र बैकं भौचर विवरण ,पद पुर्ति समितिको निर्णय र छनौट प्रकृयाको प्रतिलिपि ,२०७९ जेष्ठ महिना देखी हाल सम्म गाडीहरु राखेको डिजल पेट्रोलको लगबुक सहित विवरण सहित विभिन्न माग राख्दै अनसनमा बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0