<

 

काठमाडौ, ३२ साउन ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा ६४.८७ प्रतिशतले घटेर २२ करोड १४ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६३ करोड ४ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एक वर्षको अवधिमा खराब कर्जा ह्वातै बढेको तथा सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटेकाले खुद नाफा प्रभावित भएको हो ।

 

खुद ब्याज आम्दानी १४.८६ प्रतिशतले घटेर १ अर्ब १५ करोड ९७ लाख ९० हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ६४.८९ प्रतिशतले  घटेर ३७ करोड ४३ लाख ६२ हजार रुपैयाँमा आएको छ । खराब कर्जा २.४३ प्रतिशतले बढेर ४.२६ प्रतिशतले पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ५३ रुपैयाँ ६८ पैसाले घटेर २० रुपैयाँ ९८ पैसामा आएको छ । प्रतिसेयर लाभांश वितरण गर्ने क्षमता ७२.५९% छ । वितरणयोग्य नाफा ७६ करोड ६२ लाख ४९ हजार रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0