<

 

मञ्जय राम,कटहरिया,साउन ३१ गते ।

रौतहटमा एक जना ब्यक्तिको मृत अबस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्लामा एक हप्ता नपुग्दै अर्को एउटा शव गाउँकै झाडीमा फेला परेको हो ।

जिल्लाको उत्तरी भेग कटहरिया नगरपालिकाको वडा नम्बर ९ डुमरियाका बुनिलाल माझीका छोरा अन्दाजी वर्ष २० का टिमन भनिने रामआन्नदी माझी रहेको प्रहरीले जानकारी दिए । माझीको शव आज बिहान बलुवा गाउँको नजिकै रहेको झाडीमा फेला परे पछि स्थानियले प्रहरीलाई खबर गरेको थियो ।

त्यस पछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनाल नेर्ततवको टोली घटना स्थलमा पुगी जाचँमुचुल्का उठाएको थियो । शवको प्राकृतिक हेर्दा समान्य चोट पटक लागेको हुनाले पोष्मार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको र घटना बारे अनुसन्धान भईरहेको खनालले बताउनु भयो ।

यस घटनाको सम्बन्धमा अनुसन्धान जारिरहेकाले थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यो भन्दा पहिला गौर नगरपालिकाको वडा नम्बर ८ पुरेन्वाका अन्दाजी ३५ बर्षिय प्रहरी हवलदार सुशील राउतको शव गौर पुलमुनिबाट मृत अबस्थामा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0