<

 

 आरके श्रीवास्तव,रौतहट,साउन ३१ गते ।

जिल्ला कारागार गौर रौतहटको अवस्था छिट्टै समाधान गराउने गौर नगरपालिकाका नगर प्रमुख शम्भु शाहले बताउनु भएको छ । आज पत्रकारहरु सँग कुराकानी गर्नु हुँदै वहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो । करागारलाइ कसरी सुरक्षित गर्ने विषयमा आफूपनि संवेदनशिल रहेको वहाँले बताउनु भयो । कारागारको पुनः निर्माण कसरी होस् र यसको राम्रो कसरी हुन्छ यसता तर्फ आफू लागी परेको उनको भनाइ छ ।

आफू निर्वाचित हुने वितिकै त्यसबेलाका तत्कालीन मधेश प्रदेश सरकारका गृहमन्त्री लाइ गौर कारागारको अनुगमन पनि गराएको जानकारी गराए । यसमा आफूले बारम्बार पहल गरी नै रहेको जनाए । कारागारको जग्गा केही व्यक्तीहरुले अतिक्रमण गरेर राखेका छन् । यसबारे मैले सम्बन्धित मन्त्रालयमा परिपत्र पनि गरेको बताए । त्यहाँ बाट जग्गा अतिक्रमण मुक्त गराउन परिपत्र नआएकोले यसमा अगाडी काम बढाउन नसकेको बताउनु भयो ।

आफू पनि यसको प्रतिक्षामा रहेको बताए । सर्वप्रथम कारागारको जग्गा अतिक्रमण मुक्त गराउन पर्दछ । त्यसको लागि प्रहरी प्रशासनको सहयोगको पनि आवश्यकता पर्नेछ । दोस्रो कुरा चाँही प्रदेश समन्वय परिषदको बैठकमा गृहमन्त्री आउनु भएको थियो । कारागारको अवस्थाको बारेमा आफूले वहाँलाइ सबै कुरा अवगत गराएको बताउनु भयो । गृह मन्त्रालयको लगानी गर्न मैले वहाँलाइ आग्रह पनि गरेको छु । कारागार लगायत भन्सार सुरक्षा गार्ड सहित दुइ ठाउँमा सहयोग गरि दिनु हुन वहाँ सँग आग्रह गरेको उनको भनाइ छ । साथै वहाँले गौर नगरपालिकाको विकास निर्माणको विषयमा प्रतिक्रिया दिनु हुँदै । जिल्लाको सबैभन्दा पुरानो नगरपालिका भएतापनि पिछडीएको नगरपालिका रहेको बताउनु भयो । यसको तिव्र विकासको लागि आफू लागि परेको बताउनु भयो ।

गौर नगरपालिकालाइ सुखी,समृद्ध र विकसीत बनाउनका लागि आफू लागी परेको बताउनु भयो । जसको लागि यहाँ घण्टाघर निर्माणको काम भइरहेको,टाउन हलको पनि निर्माण कार्य अगाडी बढेको बताए । त्यस्तै गौरको कबिर चौकमा पनि विवाह मण्डपको काम पनि अगाडी बढाइसकेको जानकारी गराउनु भयो । करिब चार वर्ष देखि अलपत्र अवस्थामा रहेको र पैसा निकासा गराएर झुलुङ्गे पुलको काम त्यस्तै छोडेकोलाइ काम सम्पन्न गरायौं ।

अर्को गौर नगरपालिका र इशनाथ नगरपालिकालाइ जोड्नका निमित बानेश्वर स्थानमा झुलुङ्गे पुलका स्थापना गराएका छौं । तीन ठाउँमा सूर्य मन्दिर निर्माण,श्री जुद्ध माविमा डिजिटल प्रविधि बाट पढने व्यवस्था पनि गराएका छौं । त्यस्तै शिक्षकको कमीलाइ पुरा गर्ने प्रयास गरेका छौ । गौर नगरपालिकाको सिसवामा प्रवेश द्धार पनि निर्माण गराउने बताउनु भयो । सिर्सियामा पुल निर्माण गर्नुका साथै गौर नगरपालिकामा थुप्रै कामहरु भएको उनको भनाइ छ । काम गर्दाखेरी दिर्घकालीन रुपमा हेरेर काम गराउने गरेको उनको भनाइ छ ।

गौर नगरपालिकालाइ ग्रिन सिटिको रुपमा बनाउने आफनो सोच रहेको बताउनु भयो । र पडके हिसासबले पनि नगरपालिकालाइ लैजाने उनको भनाइ छ । जसको लागि आफूले काम गरिरहेको बताउनु भयो । त्यसको लागि मन्त्रालय र विभागहरुमा सहकार्य जारीराखेको बताउनु हुन्छ । ऐतिहासिक ठाउँहरुको सौन्दर्यिकरण गराउन तर्फ लागि परेको उनी बताउँछन् । नगरपालिकाको विकास निर्माणको कार्य लाइ द्रुत गतिमा बढाउन अर्थको अभाव रहेकोले प्रदेश सरकार र संघ सरकार सँग यसको लागि पहल गरिरहेको बताउनु भयो ।

नगरपालिकालाइ अगाडी बढाउन धेरै चुनौतीहरु पनि रहेको उनी बताउँछन् । जनप्रतिनिहरु बाट विकास निर्माणको काममा सहयोग भएको हो तर केही असामाजिक तत्वहरु र इष्र्या, डाहा गर्ने व्यक्तीहरु अगाडी बढिरहेका छन् । उदाहरणको लागि भेपर लाइटहरुमा ढुंगाले फोर्ने,वृक्षारोपण लाइ उखालेर फाँल्ने लगायत मनोबल गिराउने कामहरु चाँही भइरहेको उनले बताए । तर पनि आफू अगाडी बढि नै रहेको बताए । अन्तयमा उनले वर्षयाम भएको सर्तकता अपनाउन र सुरक्षित साथ बस्न सबै नगरवासीहरु लाइ अपिल गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0