<

काठमाडौं, ३० साउन ।

बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । अभिनेता अक्षयले आफूले भारतीय नागरिकता पाएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका छन् ।

 

आफ्नो आधिकारी ट्वीटर ह्यान्डलमार्फत् उनले भारतीय नागरिकता पाएसँगै मन र नागरिकता दुवै हिन्दुस्तानी भएको बताएका छन् । ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना,’ उनले ट्वीटरमा लेखेका छन् ।

भारतीय नागरिकता लिनुअघि उनी क्यानडाको नागरिक थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0