<

मुकेशकुमार यादव, सिरहा २९ भदाै ।

सिरहामा नेपाल प्रहरी श्रीमती संघद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा गोलबजारमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल प्रहरी श्रीमती संघका आयोजना तथा स्थानिय लाइफलङ्ग हेल्थ केयर प्रालि र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा कार्यक्रममा २१ जना नेपाल प्रहरी र २३ जना सर्वसाधारण गरी जम्मा ४४ जनाले रक्तदान गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डुपेन्द्र वुढाथोकीले जनाएको छ।

“रक्तदान जीवन दान” मुलनाराका साथ नेपाल प्रहरी श्रीमती संघद्वारा इलाका प्रहरी कार्यालय गोलवजारले आयोजना गरिएको रक्तदान कार्यक्रममा स्थानिय वुद्धिजिवि,व्यापारी,नागरीक समाज र संचारर्मीहरुको उस्थिति रहेको प्रहरी निरीक्षक बुढाथोकीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0