<

 

काठमाडौ, २८ साउन ।

साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ कायम रहेको छ ।

 

आइतबार चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १ हजार ९१४.४७ डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0