<
रामेछाप, २६ साउन ।
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामेछाप नगरपालिका-८ बाबियाखर्क बस्ने ३७ वर्षीय भुपेन्द्र भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
भुजेलले ती बालिकालाई सोही ठाउँस्थित गोठमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामेछापडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1