<

 

काठमाडौ, २६ साउन ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार घोराही सिमेन्ट कम्पनी, थ्रीस्टार हाइड्रोपावर र अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ ।

 

घोराही सिमेन्टको चुक्ता पुँजीका आधारमा कायम ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सूचीकृत भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता २२६.६१ रुपैयाँदेखि ६७९.८३ कित्तासम्म ओपनिङ रेन्ज तोकेको छ ।

 

घोराहीको सेयर कारोबारका लागि नेप्सेले ‘जीसीआइएल’ संकेत दिएको छ ।

 

यस्तै, थ्रीस्टार हाइड्रोपावरको पनि कुल ४९ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ८५.६५ रुपैयाँदेखि २५६.९५ कित्तासम्म ओपनिङ रेन्ज तोकेको छ । सेयर कारोबारका लागि ‘टीएसएचएल’ संकेत दिएको छ ।

 

उता, अप्पर स्याङ्गे हाइड्रोपावरको पनि कुल २२ लाख कित्ता सेयर बिहीबार सूचीकृत भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ८४.५४ रुपैयाँदेखि २५३.६२ कित्तासम्म ओपनिङ रेन्ज तोकेको छ । सेयर कारोबारका लागि ‘युएसएचएल’ संकेत दिएको छ । यी ३ वटै कम्पनीको सेयर कारोबार आइतबारदेखि सुरु हुनेछ । तोकिएको ओपनिङ रेन्जभित्र रहेर पहिलो कारोबार हुनेछ । पहिलो कारोबार मूल्यलाई आधार मानेर नियमित कारोबार सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0