<

 

मुम्बई, ६ वैशाख ।

अभिनेता रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ले रिलिजसँगै उनीहरुका फ्यानलाई नयाँ खुशी दिएको थियो । अयान मुखर्जी निर्देशित फिल्मले बक्सअफिसमा पाएको उत्कृष्ट सफलता र प्रतिक्रिया पछि फ्यानहरु यसको सिक्वेलको प्रतिक्षामा थिए । निर्देशक अयानले पनि फिल्मको सिक्वेल निर्माणको संकत दिएका थिए । तर अब भने यसको सिक्वेलमा खतराको बादल मडारिएको छ ।

 

फिल्मको ओरिजिनल क्रिएटर्स धर्मा प्रोडक्सन अर्थात करण जोहार र डिज्नीले यो फिल्म बनाउनबाट हात झिकेका छन् । दुवैले फिल्मको आगामी सिक्वेललाई तत्कालका लागि ‘ड्रप’ गरेका छ । दुवैले निर्देशक अयानलाई फिल्मको अधिकार बेच्न खोजेका थिए । अयान पहिलेदेखि नै फिल्मको केही हिस्सामा आफ्नो नियन्त्रण चाहन्छन् । फिल्मको अधिकार पाएपछि अयान यसलाई लिएर जिओ स्टुडिाये पुगेका थिए ।

 

करण र डिज्नीले हात झिकेपछि अयान यो फिल्मको दोस्रो र तेस्रो सिक्वेल जिओ स्टुडियोबाट निर्माण होस् भन्ने चाहन्छन् । यसबाहेक उनले स्टुडियोसँग मिलेर फिल्मको अर्को चरित्रलाई स्पिन अफ वेब सिरिज र स्वतन्त्र फिल्मका रुपमा ल्याउन चाहन्छन् । अयानले आफ्नो ‘अस्त्रवर्स’मा नन्दी अस्त्र, पवन अस्त्र, गज अस्त्र र जल अस्त्र बनाएका छन् । उनी फिल्ममार्फत जल अस्त्रलाई मात्र पर्दामा देखाउने योजनामा छन् । यदी जिओसँग उनको डिल फाइनल भयो भने बाँकी सबै अस्त्रमाथि स्पिन अफ बन्नेछ । जसको निर्देशन अर्को निर्देशकले गर्नेछन् ।

 

डिज्नीमा अहिले नयाँ सिइओ बब इगर आएका छन् । उनले पहिलो प्राथमिकतामा कम्पनीका कर्मचारी कटौतीलाई राखेका छन् । त्यहीकारण पनि उनले मार्वल र स्टार वार्सको फिल्म र सिरिजलाई तत्कालका लागि रोकेका छन् । यसमा निर्देशक पेटी जेनकिङ्स र निर्माता केविन फाइगीको नयाँ स्टार वार्स फिल्म र मार्वल डिज्नीको नयाँ शो पनि छन् । त्यसकारण ‘ब्रह्मास्त्र’बाट डिज्नी पछि सर्नुमा कर्मचारी कटौलीलाई पनि प्रमुख मानिएको छ ।
यता निर्माता करणले पनि ‘बह्मास्त्र’लाई नबनाउने कारण अयानको फिल्म ‘वार २’मा आबद्धतालाई मानेका छन् । अयानले ‘वार २’को काम पछि मात्र ‘ब्रह्मास्त्र’मा व्यस्त हुनेछन् । यो कारणले पनि अयान प्रति करण रुष्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0