<

 

 

मुकेश कुमार साह,चन्द्रपुर,२३ गते साउन ।

किसानलाई राहत उपलव्ध गराउन स्वतन्त्र किसान समितीले माग गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिकाका बहुसंख्यक जनसंख्या कृषि तथा पशुपालन व्यवसायमा आधारित रहेको र पछिल्लो समय पशुहरुमा लम्की स्कीम को महामारीले किसानलाई सताएको , पशुपालन गर्ने किसानको मुख्य आयश्रोत नै गाई भैसीको दुध भएको र लम्पी स्किनले गाई भैसीलाई बिरामीभइ उपचार गर्दा पनि निको नहुने, निको भएपनि पहिलो जस्तो स्वस्थ नहुने भएकोले किसानहरुको ठुलो क्षेति भएको समितीले जनाएको छ । क्षेतीलाई न्युनीकरण गर्न चन्द्रपुर नगरपालिका भरी लम्पी स्किन रोगका कारण गाई भैसी गुमाएका तथा उपचार गर्दा लागेको खर्च रकम किसानलाई राहत उपलब्ध गराउन स्वतन्त्र किसान समुहको माग छ । नगरपालिकाले यस मागलाई १५ दिन भित्र सम्बोधन नगरे स्वतन्त्र किसान संघर्ष समिति आन्दोलनमा उत्रिने र यस वाट सिर्जित समस्याको जवाफदेही स्वम् नगरपालिका आफै हुने समेत माग पत्रमा उल्लेख छ। माग पूरा नभए कृषकहरुको हितमा रही आवश्यक जुनसुकै कदम चाल्न स्वतन्त्र किसान संघर्ष समिति वाध्य हुने स्वतन्त्र किसान समितिका संयोजक करण देवकोटा (कर्णदेव)ले उल्लेख गरेका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0