रौतहट, ५ बैशाख । रौतहटको कटहरिया नगरपालिकामा झगडा छुट्याउन गएका एक व्यक्तिमाथि युवाहरूको समूहले निर्घात आक्रमण गरेको घटना सार्वजनिक भएको छ । कटहरिया नगरपालिका–५ धनलक्ष्मी प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ५० वर्षीय दिनानाथ साह कलवारमाथि शुक्रबार साँझ करिब ७ः३० बजे सामूहिक कुटपिट भएको हो । बजारबाट फर्किने क्रममा विवाह भवन अगाडि सामान्य भनाभन भइरहेका युवाहरूलाई छुट्याउन जाँदा उनीमाथि आक्रमण भएको पीडितले बताएका छन्। आक्रमणका क्रममा टाउकोमा गम्भीर चोट लागेर ५ वटा टाँका लगाउनुपरेको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका चिकित्सक सन्तोष रौनियारले जानकारी दिएका छन्। आक्रमणमा उनको आँखामा समेत चोट लागेको छ। घटनामा संलग्न आरोपमा कटहरिया–५ का पारसनाथ यादवको छोरा २२ वर्षीय राधे भनिने आरएन अधिकारी र सुरेन्द्र साह सनारको छोरा २० वर्षीय सतिश साह पक्राउ परेका छन् भने अन्य दुई जना फरार रहेका छन्। सामान्य विवादपछि फोन गरेर थप युवाहरू बोलाई समूहिक रूपमा आक्रमण गरिएको बताइएको छ । ईलाका प्रहरी कार्यालय कटहरियाले घटनाको पुष्टि गर्दै पक्राउ परेकाहरूलाई थप कारबाहीका लागि गरुडा पठाएको असई अनुठा राय यादवले जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ओमप्रकाश आचार्यका अनुसार उनीहरू नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Raju Kumar
Raju Kumar
राजपुरमा पूर्वाधार विकासले गति लियो ः मेयर डा. राजिक आलमद्वारा ढलान कार्यको शिलान्यास रौतहट, बैशाख ०५ गते । राजपुर नगरपालिकामा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नगर प्रमुख डा. राजिक आलम ले वडा नम्बर–४ मा महत्वपूर्ण सडक ढलान योजनाको शिलान्यास गरेका छन्। राजपुर नगरपालिका–४ निवासी शेख मेराजुल रहमानको घरदेखि जोबैर चौकसम्म ढलान कार्यको औपचारिक शुभारम्भ गरिएको हो। कार्यक्रममा वडा नम्बर–४ का अध्यक्ष शेख अनसारूल हक सहित स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। नगर प्रमुख आलमले स्थानीयवासीलाई सहज आवागमनको सुविधा उपलब्ध गराउने तथा क्षेत्रको पूर्वाधार सुदृढीकरण गर्ने उद्देश्यले योजना अघि बढाइएको बताए। उनले यस्ता विकास निर्माणका कार्यले नगरको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएको सडक ढलान योजना सुरु भएसँगै दैनिक आवतजावतमा सहजता आउने र वर्षायाममा हुने समस्या समेत न्यूनीकरण हुने अपेक्षा गरिएको छ।






