काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने तयारीमा रहेका छन् ।
सभापति लामिछानेको चीन भ्रमणको तयारी भइरहेको र छिट्टै मिति सार्बजनिक गर्ने रास्वपा उच्च स्रोतले जानकारी दिएको छ । भ्रमणका लागि परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षसँग संवाद गरिरहेको बताइएको छ ।
लामिछाने चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा चीन भ्रमणमा जान लागेको र सम्भवत भ्रमण अगस्त महिनामा हुने दाबि गरिएको छ ।
यसअघि लामिछानेले भारतीय जनता पार्टीको निमन्त्रणमा गरेको भ्रमण भ्रमणको निकै चर्चा भएको थियो भने उनले भारतमा उच्च सम्मान समेत पाएका थिए ।एभरेष्ट न्यूज एजेन्सी







