२०८३ असार १३
२०८३ असार १३

उदयपुरमा टिपर पल्टिदा ७ जना घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका १ पानीट्याङ्कीस्थित सिद्धिचरण लोकमार्गमा टर्निङ लिने क्रममा खोक्साबाट मिर्चैयातर्फ जाँदै गरेको ना १ क ५५४९ नम्बरको टिपर अनियन्त्रित भएर सडक किनारमा पल्टिँदा सात जना घाइते भएका छन ।

दुर्घटनामा कटारी नगरपालिका २ गुराँसे बस्ने ६० वर्षीय शेरबहादुर थापा, सोही स्थान बस्ने ५० वर्षीया सुनिता थापा, २३ वर्षीया जेनी श्रेष्ठ, ४८ वर्षीया सिता श्रेष्ठ, ३९ वर्षीया यशोदा खड्का, ४० वर्षीया कृजा थापा र ४० वर्षीय कुलबहादुर अधिकारी घाइते भएका छन् । शेरबहादुर थापा र सुनिता थापाको मिर्चैयास्थित मनकामना अस्पतालमा उपचार भइरहेको छ अन्य पाँच जनाको मिर्चैयास्थित विष्णु क्लिनिकमा उपचार भइरहेको छ भने उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि टिपर चालक कटारी नगरपालिका २ ददरिया बस्ने २३ वर्षीय राजेश दनुवार फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।