२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

हतियारसहित महोत्तरीमा एक जना पक्राउ

 

विशाल बस्नेत/वैसाख, १ महोत्तरी 

हतियारसहित सागरनाथ वन परियोजनामा सिकार खेलीरहेका एक जना पक्राउ परेका छन् ।

भरुवा बन्दुकको प्रयोग गरि वनमा वन्यजन्तुको सिकार खेलीरहेका बर्दिबास-१४ बस्ने भिम भनिने गणेश बहादुर मगर पक्राउ परेका हुन् ।

बिहीबार बेलुका केही ब्यक्तीहरू सिकार गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासवाट खटिएको प्रहरी टोलीले हतियार फ्याकेर भाग्दै गरेको अवस्थामा मगरलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मगरले अर्को एक जना अविचन सदासमेत सग्लन भएको वयान दिएका छन् । प्रहरीले वन परिसरवाट झाडीमा लुकाइएको दुई थान भरुवा बन्दुक पनि फेला पारेको छ ।

एउटा बन्दुकमा एक राउन्ड फायरिङ्ग गरेको अर्कोमा तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिलिप कुमार गिरिले जानकारी दिए ।

तयारी अवस्थामा रहेको बन्दुकलाइ प्रहरीले डिस्पोज गरेको छ भने हातहतियारमा प्रयोग हुने सामाग्रीसहित दुई नाल बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका मगरलाइ भने इलाका प्रहरी कार्यालय बर्दिबासमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।न्युज कारखाना

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।