२०८३ भाद्र ६
२०८३ भाद्र ६

उपत्यकाको फोहोर व्यवस्थापन बारे छलफल, कार्ययोजना बनाउने प्रतिबद्धता

बज्जिकाञ्चल संवाददाता,०६ गते

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनको समस्या समाधानका लागि संघीय सरकार, स्थानीय तह र सम्बन्धित निकायबीच उच्चस्तरीय छलफल भएको छ । छलफलमा सबै पालिकाले आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्ने गरी स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार पूर्वाधार विकास मन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै स्थानीय तहलाई आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहकै भएकाले प्रत्येक पालिकाले आफ्नै फोहोर व्यवस्थापन गर्ने दिशामा अघि बढ्नुपर्ने बताए ।

छलफलमा सहभागी काठमाडौँ, ललितपुर, बुढानीलकण्ठ, टोखा, कीर्तिपुर, दक्षिणकालीलगायत पालिकाका प्रमुख तथा प्रतिनिधिले पनि आफ्नै क्षेत्रमा फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले बञ्चरेडाँडामाथिको निर्भरता घटाउन फोहोर वर्गीकरण, पुनःप्रयोग तथा पुनर्चक्रणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापनस्थलका कारण प्रभावित स्थानीयवासीले विगतका सहमति कार्यान्वयन गर्न र दीर्घकालीन समाधान खोज्न माग गरेका छन् । छलफलमा अबको चार वर्षभित्र बञ्चरेडाँडामा उपत्यकाको फोहोर लैजान नपर्ने गरी योजना बनाउनुपर्ने विषयसमेत उठेको छ ।

दीर्घकालीन समाधानका लागि फोहोर उत्पादन घटाउने, स्रोतमै वर्गीकरण गर्ने, कुहिने फोहोरबाट मल तथा ऊर्जा उत्पादन गर्ने र सुख्खा फोहोर पुनःप्रयोग तथा पुनर्चक्रण गर्ने प्रस्ताव अघि सारिएको छ । संघीय सरकार र स्थानीय तहले संयुक्त रूपमा स्पष्ट जिम्मेवारी निर्धारण गरी काम अघि बढाउने सहमति भएको छ । एभरेष्ट न्यूज एजेन्सी,

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।