२०८२ मंसिर १
२०८२ मंसिर १

सेयर बजारमा ५.५४ अंकले उकालो

 

काठमाडौं, २७ चैत ।

साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ । सोमबार नेप्से परिसूचक ५.५४ अंकले उकालो लागि १८४४ को बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८८ अङ्कले घटेर ३४९.६६ विन्दुमा पुगेको छ।

यसअघि आइतबारको कारोबारमा भने नेप्से परिसूचक २८.३१ अंकले ओरालो लागि १८३८.४८ विन्दुमा अडिएको थियो । सोहि दिन एक अर्ब १५ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कूल २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोड १९ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ।  नेप्से सुचकमा १३२ कम्पनीमा वृद्धि भएको छ । ७७ कम्पनीमा ओरालो लागेको र ८ कम्पनी स्थिर रहेको छ ।

त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ६ करोड ८४ लाखको कारोबार गरेको छ । सानिमा मिडल तामोर हाइड्रोपावर कम्पनी दोश्रो स्थानमा छ । उक्त कम्पनीले ६ करोड ६५ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।

सोमबार १३ उपसुचक मध्ये फाइनान्स कम्पनी बाहेक सबै कम्पनीमा हरियाली छाएको छ । वृद्धि भएको कम्पनीहरु मध्ये सबैभन्दा धेरै होटल तथा पर्यटन र ट्रेडिङ सुचक कम्पनी रहेको छ ।

आजको सानिमा मिडल तामोर हाइड्रोपावर र कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।