२०८२ मंसिर १
२०८२ मंसिर १

सर्लाहीमा हातहतियार सहित व्यक्ति पक्राउ

 

राजिव साह,सर्लाही,भदौ १३ गते । 

प्रहरीले विशेष सूचनाका आधारमा हातहतियारसहित एक युवालाई पक्राउ गरेको छ । रामनगर गाउँपालिका–०७, सिसौट टोलका २५ वर्षीय किशन महरा भारतको सोनवर्षाबाट मलंगवातर्फ आउँदै गर्दा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईका अनुसार बीआर–०६–डीएम–९५२३ नम्बरको मोटरसाइकलमा सवार महरालाई प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो। प्रारम्भिक सोधपुछमा उनले आफूले बोकेको हतियार बागमती नगरपालिका–०४, जिरायत टोलका १८ वर्षीय श्याम महरालाई राख्न दिएको बताएका थिए।

श्याम महरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दा उनले सो हतियार बागमती नगरपालिका–१२, बागमती नदी किनारमा राखेको बताएका थिए। त्यसपछि प्रहरीले त्यही स्थानबाट कटुवा पेस्तोल एक नाल बरामद गरेको डिएसपी राईले जानकारी दिनुभयो।

पक्राउ परेका दुवैजनामाथि सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।