२०८२ मंसिर १
२०८२ मंसिर १

लोसपाको विस्तारित बैठक: महाधिवेशनको नयाँ मिति तोकियो

काठमाण्डौं, भदौ १२ — लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) को शीर्ष तहको विस्तारित बैठक भदौ ८ र ९ गते काठमाण्डौंको बबरमहलस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । बैठकले पार्टीको महत्त्वपूर्ण निर्णयहरू गर्दै तराई-मधेश क्षेत्रका वर्तमान समस्याहरूप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी २०८२ सालको चैत्र ६ र ७ गते गर्ने निर्णय गरेको छ । यसअघि महाधिवेशन श्रावण मसान्तमा गर्ने तयारी थियो ।

तराई-मधेशमा खडेरीको कारण किसानहरू गम्भीर रूपमा प्रभावित भएको भन्दै लोसपाले संघीय तथा प्रादेशिक सरकारसँग क्षतिपूर्तिको प्याकेज घोषणा गर्न माग गरेको छ । साथै, सुख्खाग्रस्त मधेश प्रदेशका विभिन्न जिल्लामा खानेपानीको चरम अभाव भएको उल्लेख गर्दै चापाकल, इनार तथा पोखरीहरू सुकेको अवस्थाले जनजीवन कष्टकर बनेको जनाइएको छ ।

बैठकले भनेको छ, “तीन तहकै सरकारहरूले तुरुन्तै खानेपानी व्यवस्थापनमा गम्भीरता देखाउनुपर्छ।”

लोसपाले चुरे क्षेत्रको संरक्षणलाई दीर्घकालीन समाधानको उपायको रूपमा जोड दिएको छ, र स्थानीय वासिन्दाको सहभागिता सुनिश्चित गर्दै कार्ययोजना ल्याउन माग गरेको छ । पार्टीका अनुसार, पानीको सतह घट्दै जाँदा तराई-मधेश मरुभूमी बन्ने खतरा बढ्दो छ।

त्यसैगरी, तराई-मधेशमा बढ्दो आपराधिक गतिविधिहरू—जसमा लुटपाट, चोरी-डकैती र हत्या–प्रति गम्भीर ध्यानाकर्षण गर्दै लोसपाले संघीय सरकारसँग कानूनी राज्यको प्रत्याभूति र नागरिकको ज्यान र सम्पत्तिको सुरक्षाको सुनिश्चितता गर्न जोडदार माग राखेको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा सम्पन्न उक्त बैठकले यी सबै विषयमा सरकारलाई तुरुन्तै कदम चाल्न आह्वान गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।