२०८२ मंसिर १
२०८२ मंसिर १

लोकतान्त्रिक महिला संघद्वारा आयोजित तीज उत्सव कार्यक्रम सम्पन्न

काठमाडौं,६ गते भदौ । लोकतान्त्रिक महिला संघको आयोजनामा तीज पर्वको अवसरमा आज लोसपा नेपालको केन्द्रीय कार्यालय, बबरमहलमा एक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका शीर्ष नेतृत्वदेखि विभिन्न भातृसंस्थाका प्रतिनिधिहरूसम्मको उल्लेख्य उपस्थिति रहेको थियो ।


कार्यक्रममा विशेष अतिथि तथा लोसपा नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले महिलाको सामाजिक, सांस्कृतिक र राजनीतिक योगदानको प्रशंसा गर्दै तीज जस्ता पर्वहरूले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने बताए। उनले भने, “तीज मात्र नाचगानको उत्सव होइन, यो महिलाहरूको अधिकार र आत्मसम्मानको प्रतीक पनि हो। लोकतान्त्रिक महिला संघले यस्तो पहल गर्नु निकै सराहनीय छ।”


प्रमुख अतिथि तथा पार्टीका वरिष्ठ सह अध्यक्ष सर्बेन्द्रनाथ शुक्लाले तीजको सांस्कृतिक र सामाजिक महत्वबारे चर्चा गर्दै महिलाहरूको सशक्तीकरणमा यस्ता कार्यक्रमले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । उनले भने, “यस्ता सांस्कृतिक कार्यक्रमहरूले राजनीतिक आन्दोलनमा समेत ऊर्जा दिने काम गर्छन्। महिलाहरूको सहभागिता बिना सशक्त लोकतन्त्र सम्भव छैन।”

 

त्यसैगरी, लोकतान्त्रिक पत्रकार संघका अध्यक्ष कामरेन्द्र वर्माले महिलासम्बन्धी कार्यक्रमहरूमा सञ्चारकर्मीको भूमिका उल्लेखनीय हुने भन्दै यस्ता उत्सवहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् ।

लाेसपा नेपालका प्रवक्ता एवम् उपाध्यक्ष डा.अभास लाभ सुमधुर गित सुनाएर सबैजना मनाेरंजन गराउनु भएको थियोे । साथै वहाँले महिलाकाे साथमा आफूहरू सधैं रहने प्रतिबद्धता जनाउनु भएको थियोे ।

कार्यक्रमकी अध्यक्षता गर्दै लोकतान्त्रिक महिला संघकी अध्यक्ष मिनु ठाकुरले तीज पर्व महिला सशक्तीकरणको प्रेरणास्रोत भएको उल्लेख गरिन्। उनले भनिन्, “हाम्रो संघले महिलाहरूको हकहितका लागि निरन्तर काम गरिरहेको छ। आजको तीज उत्सव त्यसको एउटा सांस्कृतिक प्रतिबिम्ब हो।”

कार्यक्रममा लाेसपा नेपालका महासचिव मनिष मिश्र,डा.सुरेन्द्र झा,सितल यादव,लाेकतान्त्रिक युुवा संघका सुजन यादव,लाेकतान्त्रिक बिद्यार्थी संघका अध्यक्ष राेशन मिश्रा ,पार्टीका सचिव अजय झा, लाेकतान्त्रिक पत्रकार संघका बरिस्ठ उपाध्यक्ष बिजेता चाैधरी,महासचिव सुस्मिता लाल,चन्द्रमाेहन चाैधरी सहित पार्टीका अन्य वरिष्ठ नेता, विभिन्न भातृसंगठनका प्रतिनिधि, महिला संघका पदाधिकारी, पत्रकार, सांस्कृतिक कलाकार र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । तीजको अवसरमा सांस्कृतिक कार्यक्रम, गीत-संगीत र नृत्य प्रस्तुत गरिएको थियो, जसले उपस्थित सबैलाई रमाइलो बनाएकाे थियोे ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।