२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

रौतहटमा १९ औं मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस भव्य रूपमा सम्पन्न

 

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ २० गते ।

रौतहट –”तीनै तहका सरकार मिली गरौं हातेमालो : मानव बेचबिखनको हटाऔं दुष्चक्रको जालो” भन्ने मूल नाराका साथ १९ औं मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस रौतहट जिल्लामा विशेष कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटको आयाेजनामा प्रभातफेरी कार्यक्रम बिहानैदेखि सुरु भई सदरमुकाम गाैरकाे प्रमुख सडक हुँदै परिक्रमा गरियो । कार्यक्रममा सरकारी निकाय, स्थानीय तहका प्रतिनिधि, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू, विद्यालयका विद्यार्थी, युवा क्लबहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो ।


कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले मानव बेचबिखनजस्तो जघन्य अपराधको अन्त्यका लागि सबै तहका सरकार र समुदायबीच समन्वय आवश्यक रहेको बताए । उहाँले मानव बेचबिखनविरुद्ध जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमको महत्व अत्यधिक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागिता जनाएकाहरूले विभिन्न सचेतनामूलक प्लेकार्ड, नाराबाजी तथा सांस्कृतिक प्रस्तुतीमार्फत जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याएका थिए ।

मानव बेचबिखनको रोकथाम, पीडितको संरक्षण तथा पुनःएकीकरणको प्रयासमा सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउनुपर्ने सन्देश दिँदै कार्यक्रम समापन गरिएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।