रौतहट,बैशाख १२ गते
रौतहट जिल्लाका मध्य भाग गरुडामा सुविधा सम्पन्न पाटी पैलेस सञ्चालनमा आएकोछ ।
सो ए एन प्लाजा पाटी पैलेसमा एक हजार जना अटाउने क्षमताको एसी हल , १४ वटा एसी वेड रुम र एसि फैमिलि रेष्टुरेन्ट सहित सञ्चालनमा आएको हो । एक करोड रुपैयाको लगानीमा पाटी सञ्चालन भएको सञ्चालकद्वय अरविन्द जयसवाल र नागेन्द्र यादवले बताए ।
गरुडा सहित वरिपरिका ८ र ९ वटा नगरपालिका तथा बसोवास गर्ने जनतालाई सहजताका साथ सेवा दिने उदेश्यले पाटी पैलेस सञ्चालनमा ल्याएको सञ्चालकले बताए ।जिल्लाका औद्योगिक नगरीको रुपमा पहिचान स्थापित गरेको गरुडामा आफुहरुले केही नया कुरा दिउ भनि उदेश्यका साथ पाटी पैलेसमा लगानी गरेको उनिहरुले दाबी गरेका छन ।









