वैशाख १३ सुनसरी
सुनसरी प्रहरीले बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीबाट विशेष टोली गठन गरी फरार प्रतिवादीहरु पक्राउ अभियानअन्तर्गत बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरु पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।
पक्राउ परेकाहरु अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरु रहेको प्रहरी उपरीक्षक ढकालले बताए । पक्राउ परेका सबैलाई बुधबार नै अदालतसमक्ष बुझाइएको छ । चालु आर्थिक वर्ष २०७९–८० मा अदालतबाट कैद तथा जरिवाना तोकेका ३ सय ३७ जना विभिन्न मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
सुनसरी प्रहरीले र फरार प्रतिवादीहरू पक्राउ गर्न विशेष टोली बनाएर अभियान नै चलाइरुहेको ढकालले बताए ।
काठमाडौं, १३ वैशाख
कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
आज ४ सय ९४ पीसीआर र १ हजार १४० गरी कुल १ हजार ६३४ नमुना परीक्षण गरिएको थियो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३६१ रहेको छ । देशभर आईसीयूमा ५ र भेन्टिलेटरमा १ जना कोभिड संक्रमित उपचाररत छन् ।
काठमाडौं, १३ बैशाख । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ वाट बिजयी उपेन्द्र यादवलाई शुभकामना तथा बधाई दिएका छन ।
गत बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा–२ वाट बिजयी जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई राउतले बधाई दिएका हुन ।
‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं- २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई हार्दिक बधाई,’ राउतले सामाजिक सञ्जालवाट बधाई दिदै भनेका छन, ‘जनमत पार्टीलाई मतदान गर्नुहुने र अगाध माया दिनु हुने सम्पूर्णमा कोटिकोटि प्रणाम ।’
बारा–२ मा जसपा नेपाल र जनमत पार्टी मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका थिए । जसपाका यादव २८ हजार ४१५ मतले बिजयी भए भने जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतसहित दोस्रो स्थानमा रहन पुगे ।
काठमाडौं, १३ बैशाख । भारी मतले बिजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चौतर्फी प्रहार र लाञ्छानाको जवाफ चितवन–२ ले दिएको बताएका छन ।
फराकिलो मतअन्तरले बिजयी भए पछि लामिछानेले जिम्मेवारी थपिएको जनाउँदै सत्कर्मले विश्वासको गुन तिर्ने प्रतिबद्धतासमेत उनले बताएका छन् ।
‘चितवन– २ सहित देशैभर गर्नुपर्ने काम धेरै छन्। तपाईंहरुकै भर र समर्थनमा विशेषतः राजनीतिलाई भूइँमान्छेसँग जोड्न र मुलुकलाई समृद्ध बनाउने अभियानका अबरोध तोड्न इमानका साथ लागिरहेने छु,’ मतदातालाई धन्यवाद दिदै लामिछानेले भनेका छन, ‘चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन–२ का मतदाताले दिनुभएको छ।’
उप निर्वाचनवाट राष्ट्रिय स्वतन्त्र पार्टीप्रति व्यक्त भएको जनमतले थप गम्भीर, जिम्मेवार र नागरिक मैत्री बन्न उत्प्रेरित गरेको उनको भनाई छ ।
व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिन प्रतिस्पर्धी दलका उम्मेदवार र तिनका कार्यकर्ता समक्ष लामिछानेले आग्रह गरेका छन्।
काठमाडौं, १३ बैशाख । पुर्व मन्त्री मिनेन्द्र रिजालले उपनिर्वाचनले नेपाली कांग्रेसलाइ चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको बताएका छन ।
बैशाख १० मा सम्पन्न उपनिर्वाचनमा कुनै पनि क्षेत्रमा कांग्रेसले बिजयी हासिल नगरे पछि कांग्रेस नेता रिजालले पार्टीकाे चरित्र र गतिशिलता पुनस्थपित गर्नुपर्ने सन्देश जनाएका हुन ।
‘सम्पन्न उपनिर्वाचनमा रास्वपा नेता रवि लामिछाने र डा. स्वर्णिम वाग्लेलाई प्रत्यय प्रद विजय, जसपा नेता उपेन्द्र यादवलाई प्राप्त सफलताकालागि हार्दिक बधाई र सफल प्रतिनिधि सभा कार्यकालको शुभकामना’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन, ‘हाम्रा लागि कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश प्रष्ट छ।’
गरुडा सहित वरिपरिका ८ र ९ वटा नगरपालिका तथा बसोवास गर्ने जनतालाई सहजताका साथ सेवा दिने उदेश्यले पाटी पैलेस सञ्चालनमा ल्याएको सञ्चालकले बताए ।
काठमाडौं, १३ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि भएको प्रहरी बलप्रति माफी मागेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याज पीडितमाथि भएको प्रहरी बल प्रयोग गर्नु गल्ती भएको स्वीकार्दै माफी मागेका हुन् ।
केही महिनायता मिटरब्याज पीडित काठमाडौं आएर न्यायका लागि संघर्षरत छन् । आफ्नो माग पूरा गर्न सरकार तयार नभएको भन्दै वार्ता भंग गरेर प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।
कञ्चनपुर, १३ वैशाख
कञ्चनपुरबाट भन्सार छलीका अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
मंगलबार कञ्चनपुर प्रहरीले एक लाख ६९ हजार दुई सय मुल्य बराबरका भन्सार छलीका अवैध सामान बरामद गरेको हो ।
भीमदत्त नगरपालिका–४ बाट भन्सार छलीका सामान बेवारिसे अवस्था फेला पारेको प्रहरीले जनाएको छ । जुत्ता, मिठाई र लेदरका झोला बरामद गरेर भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले बताएको छ ।
काठमाडौं, १३ वैशाख
भक्तपुरको चाँगुनारायण नगरपालिका–५ खरिपाटीस्थित सेतीदेबी सामुदायिक जंगलमा एक पुरुषको शव भेटिएको छ ।
अन्दाजी ४०/४५ वर्षको पुरुषको शव झुण्डिएको अवस्थामा भेटिएको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए । उनका अनुसार हरियो डोरीको पासोमा ती पुरुषको टाउको रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो ।
शरीरको भाग भने सडेको अवस्थामा भुँईमा भेटिएको छ। घाँटीको भाग सडेर चुडिएपछि भुँईमा खसेको हुनसक्ने आशंका गरिएको छ ।
काठमाडौं, १३ वैशाख
नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन गरिएको छ । वैशाख ६ गते बढुवा भएका डीआईजीलाई गृह मन्त्रालयले बुधबार पदस्थापन गरेको हो ।
तीन जना डीआईजीले प्रदेश प्रमुखको जिम्मा पाएका छन् । डीआईजी राजेशनाथ बास्तोला कोशी प्रदेश, जनक भट्टराई मधेश प्रदेश र भरतबहादुर बोहरा सूदुरपश्चिम प्रदेशमा पदस्थापन भएका हुन् ।
यस्तै सीआईबीमा यज्ञविनोद पोख्रेल, विमानस्थलमा अर्जुन चन्द ठकुरी र महानिरीक्षकको सचिवालयमा कुवेर कडायतले जिम्मेवारी पाएका छन् ।

