२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

रेडियो स्मार्ट १०७.८ मेगाहर्जको दुई वर्षे सफल यात्रा सम्पन्न

बज्जिकाञ्चल संवाददाता,सर्लाही,असाेज ०९ गते । 

सर्लाहीकाे बरहथवा–५ बाट सञ्चालित रेडियो स्मार्ट १०७.८ मेगाहर्ज ले आज आफ्नो दुई वर्षको सफल प्रसारण यात्रा पूरा गरेको छ । रिमझिम मिडिया नेटवर्क प्रा. लि. अन्तर्गत सञ्चालित उक्त एफएमले स्थानीय जनचाहना अनुसार सूचना, मनोरञ्जन, गीतसंगीत, र संवादात्मक कार्यक्रमहरु प्रदान गर्दै आएको छ ।

रेडियो स्मार्टका सञ्चालक संजय गुप्ताले भने, “हाम्रो लक्ष्य केवल गीत र समाचार मात्र प्रसारण गर्नु होइन, सर्लाही र आसपासका क्षेत्रका जनताको आवाजलाई रेडियो मार्फत उँचो बनाउनु हो । विगत दुई वर्षमा हामीले जनसमस्याहरुमा ध्यान दिँदै, समुदायसँग संवाद कायम गर्दै कार्यक्रमहरु सञ्चालन गरेका छौं।”

उनले थप भने, “त्यसका साथै हामीले स्थानिय प्रतिभाहरुलाई अवसर दिन खोज्यौँ — गीतकार, गायक, स्थानीय समाचारवाचकहरुका लागि छुट्टै माध्यम बनाउनुपर्ने देख्यौं। भविष्यमा हामीले कार्यक्रम विस्तार गर्दै अझ पेशेवर स्तरमा प्रसारण गर्ने योजना छ।”

 

 रेडियोका विभिन्न कार्यक्रम प्रस्तोताहरु, सुचक–स्रोताहरु, तथा दर्शक–स्राेताबाट बधाइ तथा शुभकामना व्यक्त गरिएका थिए । कार्यक्रममा स्थानीय तहका प्रतिनिधिहरु, सामाजिक कार्यकर्ताहरु र सुचना प्रविधि क्षेत्रका व्यक्ति सहभागी थिए ।

 

रेडियो स्मार्टले आगामी दिनहरुमा सामाजिक सचेतनामूलक कार्यक्रम, युवाहरूका लागि स्वरोजगार जानकारी, स्वास्थ्य र शिक्षा सम्बन्धी आवाजलाई महत्व दिने प्रतिबद्धता व्यक्त गरेको छ । रेडियोले अहिले सर्लाही मात्र होइन वरिपरि रहेका जिल्ला र समाजका आवाजलाई जोड्न काम गर्ने बताएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।