२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

राैतहटसहित देशका विभिन्न स्थानमा विश्वकर्मा पूजा धुमधामसँग मनाइँदै

 

आरके श्रीवास्तव,राैतहट, असाेज ०१ गते

आज राैतहट सहित देशभर विश्वकर्मा पूजा श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । हिन्दू धर्मावलम्बीहरूले औजार, सवारीसाधन, मेसिन र निर्माणसँग सम्बन्धित उपकरणहरूको पूजा गर्दै विश्वकर्मा पूजाको उल्लासपूर्वक आयोजना गरेका छन् ।

विशेष गरी निर्माण व्यवसाय, मिस्त्री, कारखानामा काम गर्ने मजदुर, प्राविधिक र सवारीसाधनधारीहरूले आजको दिनलाई विशेष रूपमा मनाउने गर्छन् । राैतहटकाे कटहरिया,गौर, चन्द्रनिगाहपुर, गरुडा लगायतका बजार क्षेत्रहरूमा रहेका ग्यारेज, वर्कसप र कारखानाहरूमा बिहानैदेखि पूजा–पाठ, भजन–कीर्तन तथा प्रसाद वितरण कार्यक्रम भइरहेको छ ।

विश्वकर्मा भगवानलाई सृष्टिका पहिलो वास्तुकार मानिन्छ, जसले सम्पूर्ण ब्रह्माण्डको रचना गरेको विश्वास गरिन्छ । आजको दिन काममा प्रयोग गरिने औजार तथा सवारीसाधनहरूलाई सफा गरी पूजा गरिन्छ र दिनभर ती उपकरण प्रयोग नगरी विश्राम दिइन्छ ।

यस पर्वको अवसरमा कतिपय स्थानमा छुट्टी घोषणा गरिएको छ भने कतै स्थानिय तहको पहलमा सामूहिक पूजा कार्यक्रम समेत आयोजना गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।