काठमाडौँ। जेन-जी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा सरकारले आज (बुधबार) देशभर सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, भदौ ३० गतेको मन्त्रिपरिषद्को निर्णयले राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गते जेन-जी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको छ।” सभार हाम्राकुरा
आरके श्रीवास्तव,राैतहट, असाेज ०१ गते ।
आज राैतहट सहित देशभर विश्वकर्मा पूजा श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । हिन्दू धर्मावलम्बीहरूले औजार, सवारीसाधन, मेसिन र निर्माणसँग सम्बन्धित उपकरणहरूको पूजा गर्दै विश्वकर्मा पूजाको उल्लासपूर्वक आयोजना गरेका छन् ।
विशेष गरी निर्माण व्यवसाय, मिस्त्री, कारखानामा काम गर्ने मजदुर, प्राविधिक र सवारीसाधनधारीहरूले आजको दिनलाई विशेष रूपमा मनाउने गर्छन् । राैतहटकाे कटहरिया,गौर, चन्द्रनिगाहपुर, गरुडा लगायतका बजार क्षेत्रहरूमा रहेका ग्यारेज, वर्कसप र कारखानाहरूमा बिहानैदेखि पूजा–पाठ, भजन–कीर्तन तथा प्रसाद वितरण कार्यक्रम भइरहेको छ ।
विश्वकर्मा भगवानलाई सृष्टिका पहिलो वास्तुकार मानिन्छ, जसले सम्पूर्ण ब्रह्माण्डको रचना गरेको विश्वास गरिन्छ । आजको दिन काममा प्रयोग गरिने औजार तथा सवारीसाधनहरूलाई सफा गरी पूजा गरिन्छ र दिनभर ती उपकरण प्रयोग नगरी विश्राम दिइन्छ ।
यस पर्वको अवसरमा कतिपय स्थानमा छुट्टी घोषणा गरिएको छ भने कतै स्थानिय तहको पहलमा सामूहिक पूजा कार्यक्रम समेत आयोजना गरिएको छ ।