२०८२ मंसिर २४
२०८२ मंसिर २४

राजदेवी नगरपालिकामा ४ करोड लागतमा आधुनिक विद्यालय भवन निर्माण हुने

हनुमत कुमार यादव,गाैर, २४ कात्तिक ।

रौतहटको राजदेवी नगरपालिका–४, गडहियामा करिब ४ करोड रुपैयाँको लागतमा आधुनिक विद्यालय भवन निर्माण हुने भएको छ । सो उद्देश्यका लागि नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतको काठमाडौँस्थित भारतीय दूतावास र राजदेवी नगरपालिकाबीच समझदारी पत्र (MoU) मा हस्ताक्षर गरिएको छ ।

उक्त सम्झौता अनुसार विद्यालय भवन निर्माण कार्य भारत सरकारको अनुदान सहयोगमा सम्पन्न हुनेछ । यो परियोजना “उच्च प्रभाव समुदाय विकास परियोजना (High Impact Community Development Project – HICDP)” अन्तर्गत पर्ने हो, जसअन्तर्गत भारतले नेपालका विभिन्न समुदायमा शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

सम्झौता पत्रमा भारत सरकारका तर्फबाट काठमाडौँस्थित भारतीय दूतावासका काउन्सेलर (डीपीआर र रिटर्न्स) अजय कुमार सिंह, नेपाल सरकारका प्रतिनिधि तथा राजदेवी नगरपालिकाका प्रमुख भिखारी प्रसाद यादव लगायतका अधिकारीहरूले हस्ताक्षर गरेका छन् ।

नगरप्रमुख यादवका अनुसार सो भवन निर्माणले गडहिया प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई सुरक्षित र आधुनिक शिक्षण वातावरण प्रदान गर्नेछ । उनले भने, “भारत सरकारको सहयोगमा बन्ने यो विद्यालयले हाम्रो नगरको शिक्षाको स्तर अभिवृद्धि गर्न मद्दत पुर्‍याउनेछ ।

यस परियोजनाले राजदेवी नगरपालिका–४ मा शिक्षा क्षेत्रको भौतिक पूर्वाधार सुदृढ गर्दै विद्यार्थीहरूको सिकाइमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।