२०८२ फाल्गुन २२
२०८२ फाल्गुन २२

मौलापुरमा १६ कोठे विद्यालय भवनको शिलान्यास

आरके श्रीवास्तव,गरुडा,वैशाख २० गते
रौतहटको मौलापुर नगरपालिका –३ गम्हरियामा श्री माध्यमिक विद्यालयमा निर्माण हुन थालेको नव निर्मित भवनको शिलान्यास गरिएको छ । आज वैदिक विधिपूर्वक पूजाआजा गरी मौलापुर नगरपालिकाका नगर रिना कुमारी साहले भवनको शिलान्यास गरेकी हुन् ।
पंडित द्धारा पूजाआजा गरी निर्माण हुन थालेको भवनको शिलान्यास गरिएको हो । भवनको शिलान्यास गर्दै नगर प्रमुख साहले शिक्षाको क्षेत्रमा भौतिक पुर्बाधारहरु निर्माणमा नगरपालिका लागि परेको बताउदै गुणस्तरीय शिक्षा दिन शिक्षक, अभिभावक र विद्यार्थी सबै लाग्नु पर्ने बताए ।
१६ कोठे २ वटा बिधालय भवन सहित कम्पाउण्ड वाल निर्माण र जग्गा विकास हुन लागेको भवन ३ करोड ६ लाख रुपैयाँमा निर्माण हुन थालेको नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।
भवन निर्माणको जिम्मा उपभोक्ता समितिले पाएको छ । आर्थिक वर्ष २०७९।८० मा सुरु गरिने सो योजना आ.व. २०८०।८१ मा सम्पन्न गर्ने लक्ष्य रहेको अधिकृत साहले बताउनु भयो ।
भवन निर्माण बलक ए मा १ करोड ३९ लाख, बलक बि मा १ करोड ३९ लाख र कम्पाउण्ड वाल तथा जग्गा विकासमा २८ लाख अनुमानित लागत रहेको उनले जानकारी गराउनु भयो । मौलापुुर नगरपालिका बाट २ करोड ७५ लाख र उपभोक्ता समिति बाट ३९ लाख स्रोत बाँडफाँड गरिएको अधिकृत साहको भनाइ छ । शिलान्यास कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष महेश महतो कोईरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर उप प्रमुख, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरू , शिक्षक, अभिभावक, विद्यार्थी, पत्रकार एवं आम जनसमुदाय लगायतको सहभागीता रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।