२०८३ बैशाख १६
२०८३ बैशाख १६

मिटर ब्याँज पीडितहरु एक महिना देखी धर्नामा

 

काठमाडौं, २३ बैशााख ।

मिटर ब्याँज पीडित एक महिना देखी धर्नामा बसेका छन् ।

 

गत चैत २९ देखी काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याज पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन् ।

 

पटक पटक बार्ता भए पनि मिटर ब्याज पीडितले धर्नालाई भने जारी राखेका छन ।  सरकारले  मिटरब्याजी पीडितको पक्षमा छानविन गर्न जाँचबुझ आयोग समेत बनाएको भए पनि आयोग बनाएर मात्रै न्याय नहुने भन्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै मिटरब्याज पीडितले धर्ना जारी राखेका हुन् ।

 

जाली तमसुक च्यात्नु पर्ने तथा पिडकलाई तत्कालै कारबाही गर्नुपर्नेलगायतका माग राखेर उनीहरुले धर्नालाई निरन्तरता दिएका हुन । सरकारले हालै अध्यादेशमार्फत मिटर ब्याँजमा संलग्नहरुलाई ७ बर्षसम्म जेल सजाय दिने निर्णय भने लिईसकेको छ ।

मिटर ब्याँज पीडितहरुले आफुहरुलाई सरकारले वेवास्ता गरेको गुनासो नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसमक्ष राखे पछि उनले सो बिषयलाई राजनीतिक रुपमा सम्बोधन गनुपर्ने जनाएका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।