२०८२ मंसिर १
२०८२ मंसिर १

ब्लड प्रेसर लो भए तुलसीको पात खानुहोस ! 

 

काठमाडौं, ५ बैशाख 

धेरै पटक शरीरमा यस्ता रोगहरू देखा परेका हुन्छन, जसलाई हामीले सामान्य सम्झेर उपचारमा त्यति ध्यान दिएका हुदैनौं र दिँदैनौँ । त्यो मध्ये एउटा रोग हो– न्यून रक्तचाप ।

 

बोलीचालीको भाषामा यसलाई ब्लड प्रेसर लो पनि भनिन्छ ।  धेरै पटक मानिसहरु यस रोगको लक्षण नचिनेर उपचारमा ध्यान दिदैनन् ।

 

कम रक्तचापको सामान्य लक्षणहरूमा चक्कर लाग्नु, शरिर कमजोरी हुनु आदी हुन् । कम रक्तचापले समयमै उपचार नपाएमा हृदयघात, स्ट्रोक र मृगौला सबन्धी रोगको सामना गर्नुपर्ने हुनसक्छ । तर, ब्लड प्रेसर लोको समस्या भने घरमै पनि सामान्य तरिकाले समाधान गर्न सकिन्छ, त्यो पनि केही घरेलु उपायको मद्दतले ।

 

यसरी ब्लड प्रेसर लोको उपचार गर्नुहोस्ः

डिहाइड्रेसनः शरीरमा पर्याप्त मात्रामा पानी नपाउँदा रगतको मात्रा कम हुन थाल्छ । जसका कारण मुटुले रक्तनलीहरु मार्फत रगत पम्प गर्न कडा परिश्रम गर्नुपर्ने हुन्छ । त्यसैले रक्तचाप घट्छ । डिहाइड्रेसनबाट बच्न प्रशस्त पानी पिउनुहोस् ।

 

गर्भावस्थाः गर्भावस्थाको समयमा पनि रक्तचाप घटेको हुन्छ ।  यद्यपि  समस्या यो समयका लागि भने सामान्य हो ।

 

क्याफिनः क्याफिनको सही मात्राले रक्तचापलाई स्थिर राख्न मद्दत गर्दछ । जसका कारणले ब्लड प्रेसर लो भएको बिरामीले आराम महशुश गर्छ ।

 

तुलसीको पातः तुलसीको पात धेरै पोषक तत्वहरूको खानी हो । यसमा म्याग्नेसियम, पोटासियम र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । साथै यसमा युजेनोल नामक एन्टिअक्सिडेन्ट पनि हुन्छ, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।