मुम्बई, ५ वैशाख ।
बलिउडमा एउटा नियम स्थापित छ । त्यो यो हो कि कुनै पनि फिल्ममा अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोणले अभिनय गरे भने त्यो फिल्मले बक्सअफिसमा अवश्य नै धमाल गर्छ ।
‘ओम शान्ति ओम’ होस् या ‘चेन्नई एक्सप्रेस’ अथवा पछिल्लो ‘पठान’ नै किन नहोस् । यी फिल्ममा यो जोडीको केमेष्ट्रीलाई दर्शकले खुबै मनपराए । अब पुनः यो जोडी फिल्म ‘जवान’मा देखिँदैछन् ।
हालैमात्र फिल्मको सुटिङ सेटबाट एक तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । तस्वीरमा दीपिका र शाहरुखलाई नृत्यरत अवस्थामा देख्न सकिन्छ । जुन तस्वीर यतिबेला भाइरल भइरहेको छ ।
फिल्ममा शाहरुखको जोडी नयनतारा हुनेछिन् । फिल्ममा दीपिका भने केमियो भूमिकामा देखिनेछिन् । त्यहीकारण उनीहरुले त्यही केमियो दृश्यका लागि नृत्य गरेका हुन् ।
तस्वीरमा दुवैलाई सेतो सर्ट, कालो पेन्ट र कालो बुटमा देख्न सकिन्छ । दीपिकाले गलामा रातो रंगको स्कार्फ पनि लगाएकी छन् । दुवैले कैयौं स्टेप देखाएका छन् ।
फिल्म ‘जवान’ जुनमा रिलिज हुँदैछ । फिल्ममा दक्षिण भारतका लोकप्रिय निर्देशक एटलीको निर्देशन छ ।
काठमाण्डौँ ।
कैलाली-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद अरुण कुमार चौधरीले सरकारले दिने कृषि अनुदानमा हुने विकृत्रिका अन्य गर्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाकाे बैठकमा सांसद चौधरीले झोलामा कृषि गर्ने र कागजी प्रक्रिया मात्रै पुर्याएर अनुदान लिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।
‘आज हाम्रो देशको कृषि उत्पादन हेर्ने हो भने यहाँ उत्पादिन बस्तुले हामीलाई तीन महिना पनि पुग्ने अबस्था छैन्’, सांसद चौधरीले भने, ‘कुषिमा सरकारले लगानी नगरेको पनि हैन्, अनुदान नदिएको हैन् । तर, त्यसको दुरुपयोग भईरहेको छ ।’
झोले कृषकहरुले गर्दा बास्तविक कृषकहरु मर्कामा परेको उनले स्पष्ट पारे । सांसद चौधरीले भने, ‘झोलामा खेति गर्ने, कागजी प्रक्रिया मिलाई हाल्नेले अनुदान पाउँछन् । तर, जो वास्तविक किसान छन्, जसले पाउनै पर्ने हो उसले अनुदान पाउँदैन् । यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’
यस्तै सांसद चौधरीले सरकारी नियम, कानुन र प्रक्रियाकै कारण बिकासमा ढिलासुस्ती हुने गरेको उदारहण पेस गरे ।
‘अहिले हाम्रो देशको बिकासको प्रक्रिया कसरी अघि बढेको छ भनेर हेर्न कैलाली क्षेत्र नम्बर २ अन्तरगत कर्णाली चिसापानीदेखि गुइनी हुँदै सडकखण्डमा देखिएको छ । म पिटे जस्तो गर्छु तँ रोए जस्तो गर’, उनले भने, ‘स्तरउन्नतीका लागि त्यो क्षेत्रमा बजेट विनियोजन भएर टेण्डर आव्हान भईसकेको छ । तर, बनक्षेत्र पर्ने भएकाले केही रुख काट्नु पर्ने थियो तर रुख काट्न नपाएर काम नै रोकिएको छ ।’
सरकारी नियमले गर्दा नै बिकासको काम रोकिनु दुखद भएको बताउँदै उनले तत्काल यस समस्या समाधान गरी काम सुरु गराउन पहल गर्न वन मन्त्राल, डिभिजन वन कार्यालय र सरकारको ध्यानाकर्षण गराए ।
काठमाडौं, ५ वैशाख ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाभाइर संक्रमणबाट दुईजनाको मृत्यु भएको जनाएको छ ।
मंगलबार अपरान्ह मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुईजना संक्रमितको मृत्यु भएको हो ।
साथै पछिल्लो २४ घण्टामा दुई हजार २९२ वटा नमुना परीक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।
मंगलबार दिउँसो २ बजेसम्म काठमाडौं उपत्यकामा २२ जना संक्रमितको संस्थागत आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् भने ८ जना आईसीयू र ४ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले सार्वजनिक विवरणमा उल्लेख छ ।
काठमाडौं, ५ चैत
नेपालमा थप दुई कोरोना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार आज १७१ जनामा संक्रमण पुष्टि भएको र दुई जनाको ज्यान गएको छ ।
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २५ पुगेको छ । मंगलबार ९८० नमुनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १०५ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै, १ हजार ३१२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६६ जनाको रिपोर्ट पोजिटिभ आएको छ । समग्रमा देशभर २ हजार २९२ नमुनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
मंगलबार देशभर ३९७ जना सक्रिय संक्रमित छन् भने ८५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
काठमाडौं, ५ वैशाख ।
गायक बद्री पंगेनीलाई झलकमान लोक संगीत सम्मानबाट सम्मानित गरिने भएको छ । बिन्ध्यबासिनी म्युजिक अवार्ड को १३औं संस्करण समारोहका बीच २५ हजार नगदसहित बिन्ध्यवासिनी फाउन्डेसनले यो सम्मान गर्न लागेको हो ।
लाईफ टाईम अचिभमेन्ट अवार्ड, संगीत साधना सम्मान, प्रेमध्वज संगीत रत्न सम्मान र कला पत्रकारिता सम्मानका अतिरिक्त यो वर्षबाट झलकमान लोक संगीत सम्मानको विधा थप भएको आयोजक संस्थाले जनाएको छ ।
नेपाली सुगम संगीत, शास्त्रिय संगीत, पप संगीत, चलचित्र संगीत र लोक संगीतलाई एउटै संस्थाद्वारा सम्मान गर्ने परम्पराको थालनी बिन्ध्यवासिनी म्युजिकले गरेको छ । बिन्ध्यवासिनी म्युजिक अवार्डको १३ औ संस्करण २२ वैशाखमा हुने फाउन्डेसनले जनाएको छ ।
काठमाडाैं, ५ वैशाख ।
देशका विभिन्न स्थानबाट आठजना लागुऔषधसहित पक्राउ परेका छन् । सर्लाहीकाे बरहथवा नगरपालिका-७ वनटोल बस्ने ६८ वर्षीय परीक्षण पण्डितलाई अवैध लागुऔषध गाँजा ४ सय ८० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले घरभित्र लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
सर्लाहीकै लालबन्दी नगरपालिका-१२ जियाजोर जाने बाटो नजिकबाट अवैध लागूऔषध गाँजा करिब ९ केजीसहित सोही नगरपालिका-१४ बस्ने २५ वर्षीय वीर बहादुर गोलेलाई पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले बा.५० प २९९८ नम्बरको मोटरसाइकल चालक गोलेलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
मोरङकाे उर्लाबारी नगरपालिका-३ केर्खाली चोक बस्ने १९ वर्षीय विश्वास धिमालसमेत तीनजनालाई अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २१ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले धिमालको घरबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कैलालीकाे गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ८३० मिलिग्राम, प्रोक्सिब्यान्ड स्पास नामक ट्याब्लेट १६ थानसहित सोही नगरपालिका-७ बस्ने २८ वर्षीय पदम साउँद समेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले प्रदेश २-०३-००५ प ८२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
पर्साकाे वीरगञ्ज महानगरपालिका-१५ प्रतिमा चोकबाट नियन्त्रित लागुऔषध नाईट्राभेट ९० ट्याब्लेट, एकसय एमएलको वानरेक्स ५ बोतल र लागूऔषध चरेस जस्तो देखिने खैरो पदार्थ ८० ग्रामसहित मकवानपुर हेटौंडा उपमहनागरपालिका-११ बस्ने ३१ वर्षीय बिकी बिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.७ प ६८१४ नम्बरको मोटरसाइकल चालक बिकलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
बाराकाे सिम्रौनगढ नगरपालिका-१ ढाटटोलाबाट अवैध लागूऔषध गाँजा ३० केजी प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिहरूले उक्त लागुऔषध फाली फरार भएपश्चात प्रहरीले उक्त गाँजा बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।
सिराहा ५ वैशाख।
मिर्चैया नगरपालिकाले वडा नम्बर ५ मा रहेको कित्ता नं २५६ सम्बन्धमा पछिल्लो केही दिनदेखि भइरहेकाे दुस्प्रचारप्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको विषयमा राजनीतिक उक्साहटमा नगरलाई बदनाम गर्ने नियतले दुस्प्रचार गरेकाे भन्दै नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरेर आपत्ति जनाएकाे छ ।
मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले जग्गा सम्बन्धमा अदालतबाट भएको आदेश र पर्याप्त कानुनी प्रमाणको आधारमा मात्र अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको बताएका छ्न्। घरटहरा हटाउन नगरपालिकाले जारी गरिएको सूचनालाई अटेरी गरिएको कारणले अनधिकृत रुपमा सार्वजनिक जग्गामा निर्माण गरिएको घर टहरा हटाइएको उनले बताए ।
तर, कानुन र विधिअनुसार गरिएकाे कार्यलाई राजनीतिक प्रतिशोध शाँध्न केही नेताहरुको बहकाउमा आफ्नाविरुद्ध नारा जुलुस र दुसप्रचार गरिएको मेयर यादवकाे भनाइ छ ।
उनले सो जग्गा व्यक्तिकाे नाममा दर्ता गराउन लागिएको विषयमा पनि कुनै सत्यता नरहेको दाबी गरेका छन् । बरु मिर्चैयाको गुदरी बजारमा रहेको बजारलाई व्यवस्थापनको लागि सम्बन्धित् निकायमा पत्राचार गरिएको जानकारी दिए ।
‘मिर्चैया नगरपालिका ५ साविक २ क को कित्ता नम्बर २५६ को ३–१२–१७ क्षेत्रपफ्ल र वडा नम्बर २ ख को कित्ता नम्बर ६० को ०–२–५–० जग्गा नेपाल सरकारको नाममा रहेको र कुनै पनि व्यक्ति वा संस्थाको नाममा नापी नगरिदिन भनी नगरले नापी कार्यालय सिरहाको नाममा पत्र लेखी पठाइएको साथै सो को जानकारी विशेष नापी कार्यालय मिर्चैया लगायत सम्बन्धित निकायमा जानकारी गराईसकेकोले कुनै किसिमको गलत प्रचारको पछाडि नलागिदिनुहुन नगरले अनुरोध गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएकाे छ ।
मुम्बई, ५ वैशाख ।
गत जनवरी २५ मा रिलिज अभिनेता शाहरुख खानको स्पाई थ्रिलर पठानले आफ्नो बक्स अफिस सफलताले इतिहास रचेको छ । चार वर्षपछि फिल्ममा कमव्याक गरेका शाहरुखले पठानका रुपमा बलिउडको हालसम्मको अल आइटम ब्लकबस्टर फिल्म दिए ।
सिद्धार्थ आनन्द निर्देशित फिल्मले रिलिजको पहिलो दिन ५७ करोडको व्यापार गरेको थियो । हालसम्म यसले ५ सय ४३ दशमलब ०५ करोडको व्यापार गरिसकेको छ । फिल्मको कथा, एक्सन र गीतले दर्शकको मन मात्र जितेन, यो फिल्म वर्षकै सबैभन्दा ठूलो फिल्म बनेर दर्शकमाझ आयो ।
यो फिल्म कमव्याक अभिनेता शाहरुखलाई मात्र होइन, निर्माता आदित्य चोपडाका लागि पनि फाइदाजनक बन्यो । फिल्मले निर्मातालाई ३ सय ३३ करोड नाफा दिलाएको छ ।
पीएण्डए र कुल प्रोडक्सनसहित फिल्मको कुल लागत २ सय ७० करोड रुपैंयाँ हो । जबकी यसले भारतीय बक्सअफिसमा ५ सय ४५ करोडको कमाइ गरेको छ भने विदेशमा ३ सय ९६ दशमलब ०२ करोड रुपैंयाँ छ ।
फिल्मको वितरण शेयर क्रमशः २ सय ४५ करोड र १ सय ७८ करोड छ । यसको सेटलाइट र डिजिटल राइटसबाट फिल्मले १ सय ५० करोड रुपैंयाँ पाएको छ । जबकि संगीत र सब्सिडी माध्यमले फिल्मले ३० करोड प्राप्त गरेको छ । यसको नतिजा स्वरुप निर्माण कम्पनी यशराज फिल्मस्ले २ सय ७० करोड लगानी गर्दा ६ सय ३ करोड व्यापार गर्यो र करिब ३ सय ३३ करोड मुनाफा कमायो ।
फिल्मबाट शाहरुखले पारिश्रमिक नलिई यको नाफाको ६० प्रतिशत शेयर लिएका छन् । यस हिसाबले शाहरुखले फिल्मबाट अभिनय पारिश्रमिक बापत २ सय करोड रुपैंयाँ लिएका छन् ।
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–तराई÷मधेस द्रूत मार्गको निरीक्षण अवलोकन गरेका छन् ।
मंगलबार प्रधानमन्त्रीले द्रूत मार्गका विभिन्न निर्माण भइरहेका विभिन्न खण्डहरुमा पुगेर अवलोकन गरेका प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थ मन्त्री प्रकाशशरण महत, मुख्यसचिव शंकरदास वैरागी तथा सचिवहरु र प्रधानसेनापति प्रभुराम शर्मा पनि सहभागी थिए ।
झापा, ५ वैशाख ।
झापाको कचनकवल गाउँपालिकाले करारमा रहेका ३८ जना शिक्षकलाई बर्खास्त गरेको छ । अघिल्लो स्थानीय सरकारले मापदण्डविपरीत नियुक्त गरेको भन्दै मंगलबार ३८ जना शिक्षकलाई करार अवधि नथपेर बर्खास्त गरेको हो ।
गाउँपालिकामा कार्यरत अनुदानका निजी शिक्षक शिक्षिका तथा बाल शिक्षक शिक्षिका, कम्प्युटरका मावि शिक्षकलाई निष्काशन गर्ने गत २२ पुसको बैठकको निर्णयअनुसार उनीहरुलाई मंगलबारदेखि हटाइएको गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले जानकारी दिए ।
तत्कालीन गाउँपालिका अध्यक्ष अन्जर आलमको कार्यकालमा नियुक्त भएका करार शिक्षकहरुले शिक्षणका लागि अनुमति नलिएका, अयोग्य तथा नियमविपरीत नियुक्ति शिक्षक शिक्षिकालाई हटाइएको गाउँपालिकाले जनाएको छ ।
गत वर्ष मात्र पनि कचनकवलमा गाउँपालिकाले ११ जना कर्मचारी निष्कासन गरेको थियो ।