२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

बज्जिकाञ्चल दैनिकद्वारा सञ्जय महतो राज सम्मानित

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ १६ गते । 

विश्व बज्जिकाकाे पहिलो दैनिक पत्रिका बज्जिकाञ्चल दैनिकले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा आज एक विशेष समारोहका बीच पृष्ठ संयोजक सञ्जय राज महतोलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मानित गरेको छ ।

गत भदौ ०१ गते पत्रिकाले आफ्नो वार्षिकोत्सब मनाए पनि कार्यक्रममा उपस्थित हुन नसकेका महताेलाई आज पत्रिकाकाे कार्यालयमा प्रशंसापत्र प्रदान गरिएको छ ।  सम्पादक दिनेश कुमार श्रीवास्तव र कार्यकारी सम्पादक तथा सञ्चालक आरके श्रीवास्तवको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा महतोको यस पत्रिकाको निरन्तर प्रकाशनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई प्रशंसा पत्रद्वारा सम्मानित गरिएको हो ।

प्रशंसा पत्रमा लेखिएको छ, “बज्जिकाञ्चल दैनिक पत्रिकाको निरन्तर प्रकाशनमा तपाई द्वारा गरिएको कामको उच्च सम्मान गर्दै, यस दैनिक पत्रिकाको पाँचाै वार्षिकोत्सवको अवसरमा प्रशंसापत्रद्वारा तपाईंलाई सम्मानित गर्दै हामी गौरवको महसुस गरिरहेका छौं।” पत्रिकाले महतोको योगदानलाई प्रेरणादायक भन्दै आगामी दिनहरूमा अझ सकारात्मक सहयोगको अपेक्षा समेत व्यक्त गरेको छ । समारोहमा विभिन्न साहित्यकार, पत्रकार, तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले बज्जिकाञ्चल दैनिकको निरन्तर प्रकाशन र बज्जिका भाषाको प्रवर्द्धनमा यस पत्रिकाले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । कार्यक्रमको अन्त्यमा सम्पादक द्वयले महतोको सुस्वास्थ्य र सुदीर्घ जीवनको शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा अझ योगदानको अपेक्षा रहेको जनाए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।