२०८३ श्रावण १३
२०८३ श्रावण १३

पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको आज जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको दुःखद समाचारले नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति, पूर्व मन्त्री तथा मधेश प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंहलाई मर्माहत बनाएको छ।
नेता सिंहले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत श्रद्धाञ्जली सन्देश जारी गर्दै स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार, आफन्तजन तथा सम्पूर्ण नेपाली कांग्रेस परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।

श्रद्धाञ्जली सन्देशमा नेता सिंहले स्वर्गीय गोपालमान श्रेष्ठ नेपाली लोकतान्त्रिक आन्दोलनका अग्रणी योद्धा, नेपाली कांग्रेसका सिद्धान्तनिष्ठ नेता तथा राष्ट्रप्रति समर्पित व्यक्तित्व रहेको उल्लेख गर्दै उहाँको राजनीतिक, सामाजिक तथा लोकतान्त्रिक योगदान सधैं स्मरणीय रहने बताउनुभएको छ।

सिंहले भन्नुभएको छ, “गोपालमान श्रेष्ठको निधनले नेपाली कांग्रेसले एक अनुभवी, इमानदार र दूरदर्शी नेता गुमाएको छ। उहाँले लोकतन्त्रको सुदृढीकरण, पार्टी संगठनको विकास तथा राष्ट्र निर्माणमा पुर्‍याउनुभएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्नेछ।”
यस सम्बन्धमा नेता वीरेन्द्र प्रसाद सिंहले आफ्नो आधिकारिक फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुभएको जानकारी नेपाली कांग्रेस निकट मधेश प्रदेशका सूचना तथा सञ्चार विभागका सचिव, वीरेन्द्र प्रसाद सिंहको स्वकीय सचिव समेत रहेका निकेश त्रिपाठीले दिनुभएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।