२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

पठानबाट निर्मातालाई ३३३ करोड नाफा, शाहरूखलाई २०० करोड पारिश्रमिक

 

मुम्बई, ५ वैशाख ।

गत जनवरी २५ मा रिलिज अभिनेता शाहरुख खानको स्पाई थ्रिलर पठानले आफ्नो बक्स अफिस सफलताले इतिहास रचेको छ । चार वर्षपछि फिल्ममा कमव्याक गरेका शाहरुखले पठानका रुपमा बलिउडको हालसम्मको अल आइटम ब्लकबस्टर फिल्म दिए ।

सिद्धार्थ आनन्द निर्देशित फिल्मले रिलिजको पहिलो दिन ५७ करोडको व्यापार गरेको थियो । हालसम्म यसले ५ सय ४३ दशमलब ०५ करोडको व्यापार गरिसकेको छ । फिल्मको कथा, एक्सन र गीतले दर्शकको मन मात्र जितेन, यो फिल्म वर्षकै सबैभन्दा ठूलो फिल्म बनेर दर्शकमाझ आयो ।

यो फिल्म कमव्याक अभिनेता शाहरुखलाई मात्र होइन, निर्माता आदित्य चोपडाका लागि पनि फाइदाजनक बन्यो । फिल्मले निर्मातालाई ३ सय ३३ करोड नाफा दिलाएको छ ।

पीएण्डए र कुल प्रोडक्सनसहित फिल्मको कुल लागत २ सय ७० करोड रुपैंयाँ हो । जबकी यसले भारतीय बक्सअफिसमा ५ सय ४५ करोडको कमाइ गरेको छ भने विदेशमा ३ सय ९६ दशमलब ०२ करोड रुपैंयाँ छ ।

फिल्मको वितरण शेयर क्रमशः २ सय ४५ करोड र १ सय ७८ करोड छ । यसको सेटलाइट र डिजिटल राइटसबाट फिल्मले १ सय ५० करोड रुपैंयाँ पाएको छ । जबकि संगीत र सब्सिडी माध्यमले फिल्मले ३० करोड प्राप्त गरेको छ । यसको नतिजा स्वरुप निर्माण कम्पनी यशराज फिल्मस्ले २ सय ७० करोड लगानी गर्दा ६ सय ३ करोड व्यापार गर्यो र करिब ३ सय ३३ करोड मुनाफा कमायो ।

फिल्मबाट शाहरुखले पारिश्रमिक नलिई यको नाफाको ६० प्रतिशत शेयर लिएका छन् । यस हिसाबले शाहरुखले फिल्मबाट अभिनय पारिश्रमिक बापत २ सय करोड रुपैंयाँ लिएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।