२०८३ श्रावण १०
२०८३ श्रावण १०

नेपाल बार एसोसिएसन रौतहटको अध्यक्षमा अधिवक्ता हेमचन्द्र लाल कर्ण निर्वाचित

शिवनाथ कुशवाहा ,रौतहट, साउन ९ ।

नेपाल बार एसोसिएसन रौतहट जिल्ला इकाइको अध्यक्ष पदमा अधिवक्ता हेमचन्द्र लाल कर्ण निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा उनले प्रतिद्वन्द्वी अधिवक्ता लालबाबु यादवलाई ४ मतको अन्तरले पराजित गर्दै नेतृत्व हात पारेका हुन्


निर्वाचित अध्यक्ष कर्ण रौतहट जिल्लाको कटहरिया नगरपालिका–२, हथियाही निवासी हुन्। कानुनी क्षेत्रको लामो अनुभव र सक्रियताका कारण उनी अधिवक्तामाझ परिचित व्यक्तित्वका रूपमा चिनिन्छन्।

निर्वाचनमा दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। मतगणनाको अन्तिम परिणामअनुसार अधिवक्ता हेमचन्द्र लाल कर्णले विजयी हासिल गर्दा अधिवक्ता लालबाबु यादवले विजेताभन्दा ४ मत कम प्राप्त गरेका थिए।

अध्यक्षमा निर्वाचित कर्णलाई कानुन व्यवसायी, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले बधाई तथा शुभकामना व्यक्त गर्न थालेका छन्। उहाँको नेतृत्वमा नेपाल बार एसोसिएसन रौतहटको संस्थागत विकास, कानुन व्यवसायीहरूको हकहित संरक्षण तथा न्यायिक क्षेत्रको सुदृढीकरणमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
नवनिर्वाचित अध्यक्ष अधिवक्ता हेमचन्द्र लाल कर्णलाई सफल कार्यकालको शुभकामना दिँदै कानुनी पेशाको मर्यादा र संस्थाको गरिमालाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।