२०८२ मंसिर १
२०८२ मंसिर १

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, १७१ जनामा संक्रमण

 

काठमाडौं, ५ वैशाख ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाभाइर संक्रमणबाट दुईजनाको मृत्यु भएको जनाएको छ ।
मंगलबार अपरान्ह मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुईजना संक्रमितको मृत्यु भएको हो ।

साथै पछिल्लो २४ घण्टामा दुई हजार २९२ वटा नमुना परीक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

मंगलबार दिउँसो २ बजेसम्म काठमाडौं उपत्यकामा २२ जना संक्रमितको संस्थागत आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् भने ८ जना आईसीयू र ४ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले सार्वजनिक विवरणमा उल्लेख छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।