२०८२ फाल्गुन २६
२०८२ फाल्गुन २६

जापानमा ४ जनाको हत्या आरोपमा सभामुखका छोरा पक्राउ

 

टोकियो, १२ जेठ ।

जापानमा गोली हानाहानको घटनामा संलग्नताको आरोपमा एकजना नगर सभामुखका छोरा समातिएका छन् ।

मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

जापनीज सञ्चार माध्यमका समाचार अनुसार आक्रमणकारीले नागानो प्रान्तस्थित नाकानो शहरमा दुई प्रहरीको हत्या गर्न गोली चलाउनु अघि एक महिलालाई छुरा प्रहार गरेका थिए । सो घटनामा समग्रमा चार जना मारिएका थिए भने भने पक्राउ परेका व्यक्ति नगरसभाका सभामुखका छोरा भएको खुल्न आएको छ । तर, उनकाे नाम भने सार्बजनिक गरिएकाे छैन ।

 

तर, उनले चार चार जना माथी किन गोली चलाए र ती आक्रमणकारीको उद्देश्य के थियो ? त्यो भने अझै खुल्न सकेको छैन । प्रहरी हिरासतमा रहेका कारण उनी माथी छानबिन जारी रहेकाले केही समय पछि सो गोलीकाण्डको उदेश्यका बारेमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

 

गतवर्ष जुलाईमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको दिनदहाडै गोली हानी हत्या गरिए पछि यो पछिल्लो घटनालाई उत्तिकै दर्दनाक मानिएकाे छ किनभने जापानमा बन्दुकमार्फत हुने हिंसा अत्यन्तै दुर्लभ घटनाको रुपमा लिइन्छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।