२०८३ बैशाख २
२०८३ बैशाख २

 

काठमाडौं, १२ जेठ

एमालेको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक आज फेरि सुरु हुन नसकेरै भोलि अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिने र पारित गर्ने कार्यसूची थियो ।

तर, १० पुसमा नीति था कार्यक्रममाथि छलफलमा भाग लिँदै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीमा अनियमितता भएको बताएको विषयमा आपत्ति जनाउँदै नेकपा एमालेले संसद बैठक अवरोध गरेको हो ।

आज दिनभर दलहरूबीच बैठक सञ्चालनका लागि छलफल भए पनि सहमति हुन नसकेपछि भोलि ४ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

 

रौतहट,जेठ १२ गते

हाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् । उनीहरुले नेपाल पत्रकार महासंघ रौतहट शाखाको सभाहलमा शुक्रवार दिउँसो पत्रकार सम्मेलन गरी सहनी निर्दोष रहेको बताउँदै निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन् ।

सहनीको परिवारजनले किर्ते हस्ताक्षर गरेको आरोप आधारहीन रहेको बताएका छन् । छठपर्वको बेला आफनो श्रीमानको नाममा नगर प्रमुख कन्थमनी जयवालले दाउरा, सिपुली र साडी वितरण गर्न ५ लाख रुपैयाँ पेश्की निकासा गराएको रामनारायण सहनीको पत्नी लालवती देवीले बताइन् ।

उनले भनिन् सोही पेशकी रकमको फर्छयौट गर्नको फाइल लिएर जादा हाकिम भुदेव झाले १० प्रतिशत कमिसिन माग गरेको र नदिदा किर्ते हस्ताक्षर गरेको भनि झुठा आरोप लगाइ फसाएको आरोप लगाएका छन् ।

एक जना कार्यालय सहयोगीले फाइल हस्ताक्षर गराइ ल्याएर दिएको र सो फाइल बुझाउन जादाँ प्रहरी आफनो निर्दोष पतीलाइ पक्रेर लगेको उनले दुखेसो पोखिन् । उनले भनिन् आफूहरु गर्दै नगरेको खर्चको कमिसन कहाँ बाट दिनु ।

कमसिन नदिदाँ षडयन्त्रपूर्वक आफनो श्रीमान् लाइ फसाइयो । यता प्रमुख प्रशासकिय अधिकृत भुदेव झाले आफूले कुनै किमिको कमिसन माग नगरेको बताएका छन् । आफनो किर्ते हस्ताक्षर भएछि प्रहरीलाइ खबर गरेको बताए ।

यता नगर प्रमुख कन्थमनी जयसवालले भने रामनारायण सहनीले किर्ते हस्ताक्षर गरेको भनि आफू,हाकिम,योजना शाखा प्रमुख र लेखाप्रमुख समक्ष स्विकार गरेको बताए । उनले यस अघिको स्थानिय सरकारमा पनि यस्तै किसिमको नक्कली हस्ताक्षर गरेको खुलासा गरे ।

मेयर जयसवालले भने पेशकी निकासा भएको योजनाको बिल भर्पाइ हुँदाहुदै पनि किर्ते हस्ताक्षर गर्नुको कुनै औचित्य नरहेको बताए ।

घटनाबारे सत्य तथ्य छानबिन हुनुपर्ने उनको भनाइ छ । हाकिमको किर्ते हस्ताक्षर गरी बिल पास गराउन खोजेको भन्दै रौतहटको गरुडा नगरपालिका कार्यालय गरुडामा कार्यरत कर्मचारी सहनीलाइ प्रहरीले पक्राउ गरेको थियो । नगरपालिका कार्यालयमा पोषणसम्बन्धी शाखामा सहनी कार्यरक्त कर्मचारी हुन् ।

 

 

आरके श्रीवास्तव,रौतहट,जेठ १२ गते

रौतहट , गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एकिकृत समाजवादीका शम्भु साह प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

नगर प्रमुख शाहले शुक्रबार प्रगति विवरण सार्वजनिक गर्दै नगरपालिकाबाट सञ्चालित क्षेत्रगत योजनाहरु भौतिक पूर्वाधार तर्फ एक वर्ष देखि अलपत्र रहेके गौर नपा २ अन्तर्गत पर्ने शिवराज मुखियाको घरदेखि शान्ता चलचित्र मन्दिरसम्मको सडक तथा नाला निर्माण गरिएको,

कृषि विकास बैंकदेखि शिवालय मन्दिरसम्म सडक तथा नाला निर्माण, गौर न.पा. वडान ४ मा वर्षौंदेखि अतिक्रमण गरी राखेको लाल बकैया नदी टतबन्धको अधिकार क्षेत्रको जग्गा अतिक्रमण मुक्त गराई गौर न. पा. वडान २ को महादेव स्थानदेखि गौर न.पा. बडान ४ को सावणांमाई मन्दिरसम्म वैकल्पिक बाटोको रुपमा निर्माण कार्य गराईएको ,टि.भी. एस.यू. ÷

हेल्भिटासबाट ब्लैक लिस्टेड योजनाको रूपमा रहेको गौर बरहवा खोलामा फेब्रिकेटेड झलुङ्गे पुलको यसै आर्थिक वर्षमा काम सुचारु गर्न लगाई निर्माण सम्पन्न पश्चात उद्घाटन गरी समुदायलाई हस्तान्तरण गरिएकी ६. गौर न. पा.

वडान २ वानेश्वरनाथ मन्दिर नजिक लाल बकैया नदीमा रु ४ करोड २९ लाखको लागतमा झुलुड़े पुलको निर्माणको लागि बोलपत्रका माध्यमबाट ठेक्का सम्झौता तथा शिलान्यासको काम सम्पन्न भई निर्माण कार्य सञ्चालन हुन लागेको, गौर न.पा वडान २ मा विवाह मण्डप सहितको सामुदायिक भवन निर्माणको कार्य अगाडि बढाईएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी हिंसा पिडित महिलाहरुको व्यवस्थापनका लागि गौर न.पा. वडानं. १ मा आश्रय स्थल निर्माण कार्य अगाडि बढाईएको,गौर न.पा. वडानं. ८ र ९ जोड्ने तथा कृषी क्षेत्रमा समेत टेवा पुग्ने उदेश्य राखी काली मन्दिरदेखि सेना क्याम्पसम्म सडक ढलानको कार्य सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको,

वर्षौदेखि कच्ची सडककै रुपमा रहेको तथा नालाको अभावमा वर्षातमा दुबान जस्तै हुने गौर न.पा. वडानं. ५ को कोईरी टोल अन्तर्गत पर्ने ब्रह्मदेव महतोको घरदेखि सिकिन्द्र कुशवाहाको घर हुँदै शोभाकान्त ठाकुरको घरसम्म रु ४६ लाख ७१ हजारको लागतमा सडक ढलान तथा नाला निर्माण गरिएको ,संघ, प्रदेश तथा स्थानीय सरकारबाट वेवास्ता गरिदै आएको गौर न.पा. वडानं ४ गढवा टोलको चित्रगुप्त नगरदेखि गढ़वा उतरी सीमाना सम्म सडक ढलान र नाला निर्माणको कार्य प्रारम्भ गरी अन्तिम चरणको अवस्थामा रहेको ।

१२. ऐतिहासिक महत्व बोकेको देशकै पुरानो कलाकुञ्ज पुस्तकालयको अधुरो भवन निर्माणको काम अगाडि बढाईएको । १३. गौर नगरपालिका तथा राजदेवी नगरपालिका जोड्न गौर बरहवा खोलामा पुल कल्भर्ट निर्माणको काम अगाडि बढाईएको उल्लेख छ ।

त्यस्तै आधारभुत विधालय महादेवपट्टीमा विधालय भवनको निर्माण कार्य सम्पन्न गरिएको ,गौर न.पा. वडानं. ९ मा मुस्लीम समुदायको कब्रगाह जाने पक्की बाटो निर्माण गरिएको ,गौर न.पा. वडानं. ३ मा चन्देश्वर राउतको घरदेखि पोखरिया टोला जाने सडकसम्म सडक तथा नाला निर्माणको काम सम्पन्न गराईएको ,

गौर र टिकुलिया जोड्ने पुरानो अतिक्रमित बाटोलाई अतिक्रमण मुक्त गराई सडक निर्माणको काम सम्पन्न गरिएको लगायतको विभिन्न योजनाहरुबारे उल्लेख रहेको छ । एक वर्षे कार्यकालमा नगर भरीमा ३ किलोमिटर आरसिसि सडक ढलान ,३ किलो मिटर नाला ,१ किलो मिटर सडक ग्रावेल र १ किलो मिटर नया सडक ट्रायक खोलेको बताए ।

नगरप्रमुख साहले टाउन हल, विवाह मन्डप, स्मार्ट सिटि अन्तरगत विभित्र बाटो बन्दै गरेको बताए ।झुलुङ्गे पुल , कलाकुन्ज पुस्तकालय , क्भर्ट नाला , विधुत पोल ,वानेश्वर मन्दिर राम जानकि मन्दिर, विभिन्न विधालयमा तल्ला थप समेत गराउने काम गरेको बताए ।

मधेस प्रदेशमा न्युनतम सर्त मापन कार्यमा मधेस प्रदेसको १ सय छतिसमा पहिलो भएको जानकारी समेत उनले गराए । सो अवसरमा नगर उपप्रमुख शैलदेवी , निमित प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर , नगर प्रवक्ता अर्जुन सिह सहितका वडा अध्यक्षहररुको उपस्थिति रहेको थियो ।

 

जेठ १२ गते प्रेमचन्द्र झा राैतहट ।
मधेस प्रदेसका मुख्यमन्त्री सरोज कुमार यादवले गाैर राईस मिल चाैरलाई अधिग्रहण गराउन १५ कराेड रुपैया दिने प्रतिबद्धता गरेका छन । मुख्यमन्त्री यादवले गाैरमा पत्रकारहरूसंग संक्षिप्त कुराकानी गर्दै आफ्नै कार्य कालमा गाैर राईस मिल सार्वजनिक स्थलको रुपमा विकास गरिसक्ने कुरा दिहर्याएकआ हुन ।
पत्रकारले सोधेको एक प्रश्नको जवाफ दिदै उनले भने बेटी पढाउ बेटी बचाउ कार्यक्रम धेरै राम्रो थियो । तर सम्बन्धित निकायमा मुद्दा चलिरहेका छन । जब सम्म यसमा कुनै टुङ्गो लाग्दैन तब सम्म त्यसमा चाहेर पनि केही गर्न सक्दैनाै । छोरीको बिमा हुने कार्य जारी नै रहेको उनले बताए । पत्रकारलाई सत्य तथ्य बुझेर समाचार सम्प्रेषण गर्न अनुराेध गर्नु भयाे ।

 

रन्धिर साह, रौतहट, जेठ १२ ।

कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ । दिगो समाधान चरन तीन कार्यक्रमको अन्तरगत सामुदायीक आत्म निरभर सेवा केन्द्र काठमाण्डौँ र पिपुल इन लिडको सहजिकरणमा संचालित कार्यक्रमद्धारा आज शुक्रबार रौतहटको कटहरिया नगरपालिकाको भूमिहीन सुकुम्बासीहरुलाई निस्सा प्रदान गरिएको हो ।

कटहरिया नगरपालिकाका नगर प्रमुख अजयप्रकास जयसवालले आज आफ्नो चुनाबी प्रतिवद्धतालाई पुरा गर्दै वडा नम्बर ५ का भूमिहीन र सुकुम्बासीहरुलाई निस्सा बितरण गरिएको हो । कटहरिया नगरपालिकाका मेयर जयसवालका अनुसार पालिकाका सबै वडामा रहेका भूमिहीन तथा सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नका लागि आज वडा नम्बर ५ बाट सुरु गरिएको तथा आइतबारदेखि वडा नम्बर १ देखि ९ सम्म निस्सा वितरण गरिने बताएका छन् ।

आज मात्र ५१ जना भूमिहीन सुकुम्बासी ५१ जनालाई निस्सा कटहरिया नगरपालिकाका प्रमुख अजयप्रकास जयसवाल र सोही पालिकाका उप प्रमुख रिता देबि यादवको संयुक्तामा निस्सा सुकुम्बासिहरुलाई वितरण गरिएको हो । हालसम्म पालिकाका सबै वडाहरुमा ४ सय २६ जना भूमिहीन दलित र ३ सय ३ जना भूमिहीन सुकुम्बासीहरु रहेका छन् ।

सबै जनाले छिटै निस्सा पाउँने भएका छन् । यस्तै कटहरिया नगरपालिकाका उप प्रमुख रिता देवी यादवले कार्यक्रमलाइ सम्बोधन गर्दै उनले दलित तथा सुकुम्बासीहरुको लालपूर्जा वितरणको काम पनि चाँडो हुने बताएकी छिन् । ‘यो जग्गा प्राप्ती होइन । जग्गा नाप्ने समयमा यही निस्सा देखाउनुपर्छ ।’ निस्सा पाएपछि तपाईंहरुको एउटा चरण पूरा भयो ।

अब थप अनुगमन गरेर जग्गा वितरणका लागि प्रक्रिया अघि बढिने छ ।’ विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीहरुलाई पनि प्रक्रिया पूरा गरेर निस्सा वितरण गरिने उनको भनाइ छ। निस्सा पाएका लाभग्राहीहरुको अब थप अनुगमन गरेर जग्गा वितरणका लागि नाँपजाँच गर्ने कार्य अगाडि बढेपछि छिट्टै लालपूर्जा वितरण हुने उप प्रमुख यादवले बताए ।

निस्सा प्राप्त गर्दै गरेका वडा नम्बर ५ का सुकुम्बासी ८० वर्षीय शेख ठागा भन्छन् ‘हामी धेरै वर्षदेखि अव्यवस्थित बसोबास गर्दै आएका थियौँ, अब हामी चाँडै लालपुर्जा पाउँने आशामा बसेका छौँ । हामी लामो समयदेखि नेताहरुको भासनमा लाज पुर्जा पाउँने भाषण मात्रै सुन्दै आएका थियौँ,,’ तर अब हाम्रो मेयर अजयप्रकास जयसवालको सक्रियतामा हामीहरुले लाल पुर्जा पाउँने आशा पलाएको छ । आज हामी धेरै खुःशी छम् ।

यस्तै सोही वाडका अब साना खातुन भन्छन्, धेरै लामो समयसम्म जग्गा नपाएका हामीहरु आज निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको आश पलाएको छ । अब हाम्रो पनि निश्चित र व्यवस्थित घर हुन्छ । उले कटहरिया नगरपालिकाका प्रमुख तथा उप प्रमुखसहित भूमि आयोगलाइ समेत धन्यावद ज्ञापन गरेकी छिन् ।

सो कार्यक्रममा कटहरिया नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सहिद मिया धोबी, जिल्ला भूमि संस्थाका अनुप माझी, कार्यपालिका सदस्य जामुन ठाकुर, कटहरिया नगरपालिकाका भूमिहीन शखााका प्रमुख अधिकृत ओमप्रकास राम, जनप्रतिनिधि तथा वडा नम्बर ५ का सुकुम्बासीहरु लगायतको सहभागिता रहेको थियो ।

 

काठमाडौं, १२ जेठ ।

देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ परेका छन् । काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी ६२० ग्रामसहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ स्थायी वतन भएका ४१ वर्षीय तेम्बा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

 

थाई लिओन एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट थाईल्याण्डको बैंककतर्फ प्रस्थान गर्न लगेका शेर्पालाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

कैलालीकाे टीकापुर नगरपालिका-९ खर्गौलाबाट अवैध लागूऔषध  खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्रामसहित  जानकी गाउँपालिका-४ जानकी नगर बस्ने २१ वर्षीय दिपेश चन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

सुनसरीकाे धरान उपमहानगरपालिका-८ गौरीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम, नियन्त्रित लागुऔषध ट्रामाडोल १२० क्याप्सुल, स्पासपेन १ सय ३० क्याप्सुलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ वर्षीय काजी कुमार राई र उनकै श्रीमती ३५ वर्षीया रमा राई रहेका छन् । ईलाका प्रहरी कार्यालय  धरान  र अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेकपोईन्टबाट ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५ सय  मिलिग्राम, नाइट्राभेट ८ ट्याब्लेट र कोरेक्स ५० एमएलसहित कोहलपुर नगरपालिका-१२ बस्ने २४ वर्षीय सुवास पुनलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय  जमुनाह र लागुऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

 

सिरहा, भगवानपुर गाउँपालिका-२ गम्हरियाबाट नियन्त्रित लागूऔषध डाईजोपाम, फेनारगन, ब्युफ्रेनोरफिन गरी जम्मा ८४ एम्पुलसहित सोही ठाउँ बस्ने २० वर्षीय मोहम्द सागिर सेखलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

 

कञ्चनपुरकाे भिमदत्त नगरपालिका-४  बस्ने २९ वर्षीय लोकेन्द्र राना मगर र २० वर्षीय पारस बासीलाई रेक्सोजेसिक १ सय ५८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन १ सय ५८ एम्पुलसहित प्रहरीले पक्राउ गरेको छ ।  सोही ठाउँस्थित पसलभित्र रहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

 

काठमाडौं, १२ जेठ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा केन्द्रीय सदस्य मीन विश्वकर्मालाई मनोनयन गरेका छन् ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेपछि सभापति देउवाले प्रचार विभाग प्रमुखमा विश्वाकर्मालाई मनोनयन गरेका हुन् ।


कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) र धारा ३७ (१) (ग)ंअनुसार विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा मनोनयन गरिएको हो ।

 

काठमाडौं, १२ जेठ ।

राष्ट्रपति कार्यालयले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृहमन्त्रालयमा फिर्ता पठाएको छ ।

सात जना सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो । तर, शुक्रबार उक्त प्रस्तावलाई राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फिर्ता पठाएको हो ।

२०७२ भदौ ७ गते टीकापुरमा घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहितको हत्या भएको थियो ।

 

काठमाडौं, १२ जेठ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् ।


पार्टी अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले उनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

प्रमुख सचेतकमा नियुक्त  भएका प्रदीपलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन तथा निमानुसार पाउने सेवा सुविधा उपलब्ध गराइदिन अध्यक्ष यादवले संघीय संसदका महासचिवलाई पत्र लेखेका छन् ।

 

सुधा देव ,सप्तरी, १२ जेठ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

 

राजविराजबाट छिन्नमस्तातर्फ जाँदै गरेको तीनजना सवार प्र २–०१–००२–प २५६० नम्बरको मोटरसाइकल छिन्नमस्ता ३ स्थित नर्सिङ थान नजिकै अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा छिन्नमस्ता ३ का १८ वर्षीय श्यामकुमार यादव र ३० वर्षीय विकासकुमार खंगको मृत्यु भएको छ । घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अजयकुमार खंगको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।