२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

चुनाव प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको निर्देशन

काठमाडौं, ५ वैशाख

निर्वाचन आयोगले यही वैशाख १० गते हुने उपचुनावको प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

बारा, चितवन र तनहुँमा हुने उपचुनावका लागि कुनै पनि ठाउँमा निर्वाचन आचारसंहिता बमोजिम हेलिकप्टर प्रयोग नगरि प्रचार गर्न सकिने अवधि पर्याप्त रहेको साथै ती जिल्लामा यातायातको सहज पहुँच रहेकोले हेलिकप्टर प्रयोग नगरि मितव्ययिता अपनाउन आयोगले आग्रह गरेको हो ।

यस्तै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आफ्नो सहमतिविना चुनाव प्रचारमा सेवा उपलब्ध नगराउन पनि सूचित गराएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।