२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

गौरमा विपद् व्यवस्थापनसम्बन्धी १ दिने अभिमुखीकरण तालिम सम्पन्न

बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज ०९ गते । 

रौतहटकाे गौर नगरपालिकामा संरक्षण विषयगत क्षेत्रको स्थानियकरण तथा विपद् व्यवस्थापनसम्बन्धी १ दिने अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ । तालिममा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह, उपप्रमुख, विभिन्न वडाका अध्यक्षहरू तथा नगरपालिका अन्तर्गतका शाखा प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

कार्यशाला गोष्ठीको आयोजनामा नेपाल रेडक्रस सोसाइटी, रौतहट शाखा रहेको थियो । नेपाल रेडक्रस सोसाइटी रौतहटका सभापति राजकिशोर प्रसाद यादवले उक्त जानकारी दिनु भएको हो ।

कार्यक्रमको उद्देश्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा स्थानीय तहको भूमिका सुदृढ बनाउने, संरक्षण क्षेत्रको स्थानियकरणलाई प्रभावकारी बनाउने तथा विपद् पूर्वतयारीलाई व्यवस्थित बनाउने रहेको आयोजक संस्थाले जनाएको छ ।

 

गोष्ठीमा सहभागिहरूले विपद् व्यवस्थापनका विविध आयामहरू, स्थानीय तहमा हुन सक्ने सम्भावित जोखिमहरू तथा तिनको न्यूनीकरणका उपायहरूमाथि व्यापक छलफल गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।