२०८३ आश्विन २१
२०८३ आश्विन २१

गौरको फुलतारा डेरीमा संयुक्त टोलीको छापा, २ लाख जरिवाना

बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते असाेज ।

गौर नगरपालिका–अन्तर्गत बी.पी. चोकमा सञ्चालित फुलतारा डेरीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय तथा गुणस्तर तथा नापतौल सम्बन्धी निकायको संयुक्त टोलीले छापा मारेको छ।

अनुगमनका क्रममा डेरीले सञ्चालन गर्दै आएको भान्सा तथा होटलमा बिक्रीका लागि राखिएका मिठाईलगायत विभिन्न खाद्य सामग्री गुणस्तरहीन अवस्थामा भेटिएको टोलीले जनाएको छ। त्यस्तै, मिठाई तथा खाद्य सामग्री तयार गर्ने भान्सा अत्यधिक फोहोर तथा दुर्गन्धित अवस्थामा रहेको पाइएको बताइएको छ।

खाद्य सामग्रीको गुणस्तर तथा सरसफाइमा गम्भीर लापरबाही भेटिएपछि सम्बन्धित निकायले फुलतारा डेरीलाई २ लाख रुपैयाँ जरिवाना गरेको जनाइएको छ।टोलीले जरिवानाबापतको रकम एक साताभित्र बुझाउन निर्देशन दिएको छ। तोकिएको समयभित्र जरिवाना रकम नबुझाए डेरीमा सिलबन्दी गर्ने चेतावनी समेत दिइएको बताइएको छ।

अनुगमन टोलीले खाद्य सामग्रीको गुणस्तर, भान्साको सरसफाइ तथा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा व्यवसायीहरूलाई आवश्यक मापदण्ड पालना गर्न निर्देशन दिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।