बज्जिकाञ्चल संवाददाता,काठमांडौ १६ गते भदौ ।
राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरणको आयोजना, यूएन वुमनको सहयोग तथा गृह,सञ्चार तथा कानुन मन्त्रालयको समन्वयमा “बिपद जोखिम न्युनिकरणमा लैंगिक समानता तथा सामाजिक समावेशिकरण रणनितिक कार्ययोजना २०८१” समबन्धी अन्तरक्रिया सम्बन्धी कार्यक्रममा मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले उक्त कुरा बताउनु भएको हो।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका गृह मन्त्री लेखीले सम्बोधन गर्दै” बिपदका घटना बिश्वब्यापी रुपमा बर्सेनि हुने गर्दछन यस्ता घटनाले मानबिय सहित भौतिक क्षतीहरु हुने गरेका छन तसर्थ बिपद बाट हुने जोखिमलाई न्युनिकरण गर्न हामी सरोकारवालाहरु,नागरीकहरुमा गम्भिरता पुर्वक जिम्मेवारी बोध नहुने हो भने,हामी गम्भीर रुपमा जोखिम न्युनिकरणको लागि अगाडि नबढ्ने हो भने जोखिम न्युनिकरण गर्न सक्दैनौ।
बिपद जोखिम न्युनिकरणको लागि लैङ्गिक समानता र सामाजिक समावेशिकरण महत्वपुर्ण रहेको हुदा उक्त बिषयलाई प्राथमिकतामा राखी कार्यक्रम आयोजना गरेकोमा आयोजक लाई धन्यवाद ब्यक्त समेत गर्दछु।”भनेर बताउनु भएको छ ।








