२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

उपनिर्वाचनमा कहाँ कति उम्मेदवार र मतदाता ? कहाँ हुँदैछ गणना ?

काठमाडौं । चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधि सभा सदस्य चयनका लागि अहिले मतदान जारी रहेको छ । मतदान बिहान ७ बजे शुरु भएको हो । मतदान साँझ ५ बजेसम्म चल्नेछ । मौसमलाई ध्यान दिएर तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।

चितवन–२ मा ४३ मतदानस्थलमा १ सय ३८ मतदान केन्द्र छन् । चितवन–२ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता छन् । यहाँ राजनीतिक दलका १२ र स्वतन्त्र १० उम्मेदवार छन् ।

तनहुँ–१ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र छन् । तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । तनहुँमा राजनीतिक दलका ९ उम्मेदवार छन् ।

बारा–२ मा ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र छन् । १ लाख ५ हजार ११ मतदाता रहेका छन् । दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन् ।

मतगणना कहाँ ? 
चितवन–२ को मतगणना भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा गर्ने तयारी छ । त्यहाँ तारजालीको छेकबार र सीसीटीभी क्यामरा व्यवस्था गरिएको छ ।

तनहुँ–१ को मतगणना जिल्ला समन्वय समितिको कोठामा हुनेछ । त्यहाँ पनि तारजाली र सीसी क्यामरा जडान गरिएको छ ।

बारा–२ को मतगणना कलैयास्थित शैक्षिक तालिम केन्द्रमा हुनेछ । त्यहाँ पनि तारजालीसहितको व्यवस्था मिलाइएको छ ।

मतगणना थालिएको तीन दिनभित्रै मतपरिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ । हाम्राकुरा

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।